सुबेदी एन आर एन ए डेनमार्कको २०१७-१९ कार्यकालका साझा उम्मेदवार

कोपेनहेगन डेनमार्क | 

यहि आगामी सेप्टेम्वर ११ तारिक सम्पन्न हुन गईरहेको गैरआवशिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद डेनमार्कको चौथो राष्ट्रीय महाधिवेशन अन्तर्गत आयोजना गरिएको निर्वाचनमा आगामी (२०१७२०१९ )कार्यकालका लागि  डेनमार्कमा कृयाशिल नेपाली समुदायका फरकफरक सौद्धान्तिक आस्था राख्ने सस्थाहरुले यमलाल सुबेदीलाई अध्यक्ष पदमा साझा उम्मेद्ववारको रुपमा आम सहमति गरेका छन यसै आम सहमतिलाई शिरोधार्य गर्दै एन आर एन डेनमार्कको  निर्वाचन समितिमा गत २ तारिख शनिवारका दिन यम लाल सुबेदीले आफ्नो उम्मेद्वरी दर्ता गराएका छन

उक्त आम सहमतिका लागि नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति बिरेन्द्र सिह कार्की , प्रबासी नेपाली एक मन्च डेनमार्कका अध्यक्ष शिव चापागाई र नेपाली जनप्रगती शिल मन्चका अध्यक्ष डाक्टर भानु पोख्रेलले संयुक्त रुपमा पहल गरी डेनमार्कका आबधिक नेपाली समुदायमा एकताको सन्देश दिन सफल भएका छन

सन् २००७ मा ऊच्च शिक्षा हासिल गर्ने अभिलाषा बोकेर डेनमार्कमा आएका सुबेदीले कोभेन्ट्री बिश्व बिद्यालय लण्डनबाट जनरल म्यानेजमन्टमा  एम बि ए  सम्मको अध्ययन पुरा गरेका छन

यसका अतिरिक्त सुबेदीले डेनमार्कको बसाईले एक दशक पार गर्दैगर्दा  डेनमार्कमा कृयाशिल नेपाली सामाजिक संघ संस्था स्थापना गर्न कोशढुंगाको भुभिका निर्वाह गर्दै एन आर एन ए डेनमार्कको संस्थापक कोषाध्यक्ष पदको कुशलता पुर्वक जिम्मेद्ववारी निभाई सकेका छन

साथै नेपाली जनसम्पर्क समिति डेनमार्कको २०११२०१३ कार्यकालको सभापति पदको सफल भुमिका निर्वाह गरेका सुबेदी एन आर एन ए डेनमार्कको २०१७२०१९ कार्यकालको नेतृत्व गर्दै गर्दा डेनमार्कमा आबधिक नेपालीका लागि डेनमार्क सरकार संग हाल पाउदै आएको सहुलियत कर सुविधालाई कम्तिमा १००० क्रोनर र बृद्धि गर्नको लागि बिशेष पहल गर्ने डेनमार्कमा नेपाली सांस्कृतिक केन्द्र स्थापना गर्ने नेपालमा लगानी भित्र्याउनको लागि डेनमार्कका नेपाली तथा डेनिसहरुका लागि ईन्भेष्ट नेपाल नामक फोरुम गठन गर्ने , प्रत्येक बर्ष ferie Nepal नामक एक अभियानलाई संचालनमा ल्याई डेनिस पर्यटकलाई संस्थागत रुपमा नेपालका लागि सस्तो र सुलभ दरमा एक देखि दुई हप्ताको लागि आकर्षक भ्रमण कार्यक्रमको ब्यबस्था मिलाई नेपालको पर्यटन प्रबद्धनमा सहयोग गर्ने एन आर एन ए डेनमार्कको हरेक कार्यक्रमहरु समापन भएको एक हप्ता भित्र संगठनको आयब्ययलाई साबर्बजनिक गर्ने डेनमार्कमा  उच्च शिक्षा आर्जन गर्न  आऊन चाहाने विद्यार्थीलाई महत्वपूर्ण सुचना दिनको लागि नेपाली प्रोटलको ब्यबस्था गर्ने प्रत्येक बर्ष बिभिन्न क्षेत्रमा कृयाशिल भई नेपाली समुदायको लागि  योगदान गरेका अभियान्ताहरुलाई उचित सम्मान गरि अझ बढि हौसला प्रदान गरि कृयाशिल गराउन उर्जा प्रदान गर्ने आफ्नो कार्य योजना रहेको कुरा भाबी एन आर एन ए डेनमार्कका अध्यक्षले बताएका छन

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार