भवन भट्टद्वारा एनआरएन अध्यक्षमा उम्मेदवारी दिने घोषणा

काठमाडौं गैरआवासीय नेपाली संघका वरिष्ठ उपाध्यक्ष भवन भट्टले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् राजधानीमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष भट्टले आगामी कार्यकाल (२०१७१९) का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् उम्मेदवारी घोषणा कार्यक्रममा विस्तृत एजेन्डा छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरे

२ पानाको पे्रस विज्ञप्ति वाचन गर्दैविदेशमा रहेका नेपाली मूल तथा नेपाली नागरिकले आर्जन गरेको ज्ञान, सिप र पूँजीलाई मातृभूमिको विकासका लागि अधिकतम उपयोग गर्ने पुनित उद्देश्यले स्थापना भएको संगठनमा आफू विगत १४ वर्षदेखि आबद्ध रहेर सक्रिय भूमिका निर्वाह गरेको बताए

गैरआवासीय नेपाली संघले अहिलेसम्म लिएका निर्णयहरु र पूरा हुन बाँकी कार्य जस्तै लाप्राक नमूना बस्ती, एनआरएन भवन निर्माण, भिजन २०२० एन्ड वियोन्ड, सामूहिक लगानीका परियोजना, निर्माण अतिथि देवो भवः, वैदेशिक रोजगार कोषको विस्तार एसएकआई कमिटीमार्फत् नेपालको बौद्धिक पलायन रोकी बाहिरिएकालाई नेपाल फर्काउन व्यापक पहल गरिने जस्ता कार्यक्रमलाई पूर्ण रुपमा निरन्तरता दिँदै अघि बढ्ने उनले घोषणा गरे

उपाध्यक्ष भट्टले अध्यक्ष पदमा यसपटक कसैसँग सम्झौता नगर्ने बताए संस्थाबाट अनुभव हासिल गर्नकै लागि विगतमा आफूले विभिन्न पदमा सम्झौता गरेको भए पनि यसपटक अध्यक्ष पदमा उम्मेदवार बन्न कसैसँग सम्झौता नगर्ने उनले बताए

एनआरएन विशुद्ध गैरराजनीतिक संस्था भए पनि पद प्राप्तिका लागि राजनीतिक दलको फेरो समात्ने प्रचलन रहेको उपाध्यक्ष भट्टले पत्रकारहरुलाई सुनाए जुनसुकै राजनीतिक आस्था राखे पनि एनआरएनलाई राजनीतिबाट टाढा राख्नुपर्ने धारणा उनको थियो एनआरएनहरुको लगानी रहेको लगानी प्रवद्र्धन बोर्डमा आफू अहिले पनि निर्देशक रहेको र सरकारले असहयोग गरेका कारण अघि बढ्न नसकेको उनको कथन थियो

निर्धारण समयभन्दा झन्डै २ घन्टा ढिलो सुरु भएको उम्मेदवार घोषणा कार्यक्रममा एनआरएन जापानका केही पदाधिकारीबाहेक सञ्चारकर्मीको मात्र कार्यक्रममा सहभागिता थियो

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार