
गैर आवासिय नेपाली संघको आठौ बिश्व सम्मेलनमा उपाध्यक्ष भबन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति भएपछि भबन भट्ट निर्बिरोध अध्यक्ष हुने सम्भावना बढेको समयमा अरु अध्यक्षका आकांक्षी उम्मेदवारहरु बेलायतबाट देखिएका छन् ।
शेष घलेको दुवै कार्यकालमा सल्लाहकार रहेका विश्व आदर्श पण्डितले आगामी कार्यकालको अध्यक्षको उम्मेदवारी दिने जनाउ १० औ युरोप क्षेत्रीय बैठकमा सार्बजनिक गरेका थिए । कुमार ले भबन लाई समर्थन गर्ने र भबन भट्ट मात्र अध्यक्षको उम्मेदवार हुँदा भट्टलाई निर्बिरोध नदिने मनसायमा बिश्व आदर्श पण्डितको सोचाई रहेको देखिन्छ ।
युरोप संयोजक कुल आचार्य कुमार पन्तको टिमबाट उपाध्यक्षमा उम्मेदवार उठने मनसायमा थिए तर कुमार पन्त र भबनको गोप्य भित्रि भद्र सहमति भए पछि जीबा लामिछाने र कुमार पन्तको टीमबाट अलगिएर अध्यक्षको उम्मेदवार चाडै नै घोषणा गर्ने बताउदै आएका छन।
मोना म्याग्दी समाजका अन्तर्राष्ट्रिय अध्यक्ष तथा आईसीसी सदस्य योगेन क्षेत्रीले जनसम्पर्क समितिको सिफारिसमा आफु एनआरएनएको उम्मेदवार बन्ने बताएका छन्। भट्टलाई निर्बिरोध अध्यक्ष बन्न नदिने पक्षमा कतारका टीबी कार्कीले आफ्नो फेसबुकमा पनि लेखेका छन्।
















