बृद्धालाई घरैमा पुगेर दशैं खर्च र खाद्यान्न सामग्री

 

फिदिम
पाँचथरको हिलिहाङ ७ स्थित हेँवा खोला किनारमा बसोवास गरिरहेकी एक बृद्धालाई दशैं मान्ने सामग्री र खर्च उपलव्ध गराइएको छ ।

शशस्त्र प्रहरी बलको फिदिम स्थित हिमशिखर गुल्मका प्रमूख लोकेन्द्र भट्ट र उहाँको परिवारले ६९ बर्षीय भिममाया तामाङलाई दशैंका लागि उपभोग गर्ने चामल,तरकारी,विस्कुट र केहि नगद उपलव्ध गराउनु भएको हो । बाल्यकालमै बिबाह भएर श्रीमानको मृत्यू भएपछि एकल जीवन जिँउदै आएकी तामाङको हालसम्म नागरिकता सम्म नवनेकाले बृद्धभत्ता समेत पाउन सकेकी छैनन ।

तामाङलाई सञ्चारकर्मीले पनि एक हजार रुपैंया नगद उपलव्ध गराउनुभएको छ । उहाँलाई भट्ट् दम्पती र जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारी सहितको टोली घरमा पुगी सामग्री र नगद उपलव्ध गराएका थिए ।
जनसेवा समाज पाँचथरको समन्वयमा तामाङलाई सहयोग गरिएको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार