तेह्र वर्षीया बालिका बलात्कारको अभियोगमा युवक पक्राउ

दमक । तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्लाको शिवसतासी नगरपालिकाबाट एक जना युवक पक्राउ परेका छन् ।

पक्राउपर्नेमा शिवसतासी–७ का २९ वर्षीय नन्दलाल भुर्तेल रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

पीडितका आफन्तले दिएको उजुरीका आधारमा भुर्तेललाई तीन दिनअघि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेकोे इप्रका झिलझिलेका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिनुभयो ।

अनुसन्धानका क्रममा भुर्तेलले आफ्नो गल्ती स्वीकार गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार