गौचनको हत्यापछि सर्वसाधारणको सुरक्षा नभएको भन्दै गृहमन्त्रीविरुद्ध नाराबाजी – बानेश्वर-तीनकुने सडकखण्ड अवरुद्ध

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि निर्माण व्यवसायी र आफन्तले गृहमन्त्रीको राजीनामा माग्दै बानेश्वरमा प्रदर्शन गरेका छन् ।

सिभिल अस्पताल अगाडिको सडकमा जम्मा भएकाहरुले गृहमन्त्री जनार्दन शर्माविरुद्ध नाराबाजी गरेका हुन् ।

उनीहरुले शान्ति सुरक्षाको व्यवस्था मिलाउनुपर्ने, हत्यारालाई पक्राउ गर्नुपर्ने लगायतका माग गरेका हुन् ।

विरोध प्रदर्शनका कारण अहिले बानेश्वर-तीनकुने सडकखण्ड अवरुद्ध छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार