रामेछाप । विश्व चर्चित अर्जेन्टिनी फुटबल खेलाडी लियोनेल मेस्सीको सहयोगमा रामेछापको ओखे्रनी च्यास्कुमा रहेको स्वास्थ्य चौकीको निर्माण गरिएको छ । भूकम्पले क्षतविक्षत भएको चौकी वार्सिलोनाका स्टार मेस्सीको सहयोगमा निर्माण गरिएपछि हाल त्यस्का लागि खानेपानीको व्यवस्था पनि गरिएको छ ।

वार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका अर्जेन्टिनाका चर्चित खेलाडी मेस्सीको सहयोग र युनिसेफको पहलमा नेपालका बिभिन्न जिल्लामा आधा दर्जन बढी स्वास्थ्य चौकीहरु निर्माण भएका छन् । उनै मेस्सीको सहयोगमा रामेछापको च्यास्कुमा बनेको स्वास्थ्य चौकलाई खानेपानीको अभाव भएपनि अब त्यो पनि पूरा भएको छ । स्वास्थ्य चौकीमा सोलार लिफ्ट सिस्टमबाट खानेपानी सेवा पु¥याइएको छ ।
युनिसेफ र साझेदार संस्था नागरिक सरोकार समुह नेपाल गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको खानेपानी आयोजना स्वास्थ्य चौकीलाई जिल्ला समन्वय समितिले एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ । वाइट डा.प्रकाशप्रसाद शाह, जिल्ला स्वास्थ्य कार्यालय रामेछापबाइटः ध्रुवकुमार मगर, इन्चार्ज स्वास्थ्य चौकी यस्तै उक्त खानेपानी स्वास्थ्य चौकीसंगै नजिकका ३२ घरधुरीलाई पनि वितरण गरिएको छ ।

२३ लाख रुपैयाँ युनिसेफको लगानी तथा ६ लाख रुपिँया स्थानीय जनश्रमदान गरी २९ लाख रुपैयाँमा उक्त खानेपानी आयोजना बनेको हो । वाइट यज्ञ श्रेष्ठ, अधिकृत, युनिसेफ नेपालस्वास्थ्य चौकीमा खानेपानी नहुँदा स्वास्थ्य चौकीले प्रतिगाग्री ५० रुपैयाँ रकममा पानी किनेर स्वास्थ्य संस्था संचालन गर्दै आएको थियो ।
स्वास्थ्य संस्थासँगै रहेको वस्तीमा समेत खानेपानीको चरम अभाव हुँदा स्थानीय नागरिकहरु एक ग्रागी पानी लिन २ घण्टा टाढा ओखरवोट साउने खोलावाट पानी वोकेर जीविको पार्जन गर्दै आएका थिए ।
















