१२२ खेलमा मेस्सीले गरे १०० गोल – मेस्सीको गोलले बार्सा शीर्षस्थानमा

एजेन्सी । युरोपियन क्लब प्रतियोगिता अन्तर्गतको खेलमा बार्सिलोना ९ अंकका साथ शीर्ष स्थानमा रहेको छ । युरोपियन क्लब प्रतियोगितामा फुटबल स्टार लियोनेल मेसीले एक सय गोल पुर्याएका छन् ।

 

च्याम्पियन्स लिग अन्तर्गतको समूह डिको खेलमा ओलम्पियाकोससँगको खेलमा बार्साका मेसीले एक सय गोल पु¥याएका हुन् । मेसीले १ सय २२ खेलबाट युरोपेली क्लब प्रतियोगितामा एक सय गोल हानेका हुन् । उनी एक सय गोल गर्ने दोस्रो खेलाडी हुन् ।

क्रिस्टियानो रोनाल्डोले १ सय ४३ खेलबाट सय गोल पुर्याएका छन् । पहिलो हाफको अन्यतिर बार्सिलोनका जेरार्ड पिकेले रातो कार्ड खाएपछि बार्सिलोना दश खेलाडीमा सीमित भएको थियो ।

खेलको १८ औं मिनेटमा ओलम्पियाकोसका निकोलाउले गरेको आत्मघाती गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । खेलमा लागातार दबाब बनाएको बार्सिलोनाका लागि खेलको ६२ औं मिनेटमा लियोनल मेसीले गोल गरेका थिए भने बार्सिलोनाका लागि तेस्रो गोल लुकास डिग्नेले गरेका थिए ।

खेल सकिन केही समय बाँकी रहँदा ओलम्पियाकोसका लागि निकोलाउले गोल गरेका थिए । समूह डिमा तीन खेल जित्दै ९ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा रहेको छ । तीन खेलमा एक हार र दुई जित निकाल्दै ६ अंकका साथ युभेन्टस दोस्रो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार