
अष्टे्लियको मेलबर्नमा एक नेपालीको बिद्यार्थीको गएराती आगलागीबाट मृत्यु भएको छ ।
मेलबर्नको पूर्वी क्षेत्र काम्बरवेलस्थित घरमा विहिबार राती १२:३० मा भएको आगलागीमा परि नेपालको काठमाण्डौ सितापाईलाका २५ बर्षिय युवकको मृत्यु भएको हो ।
तीन बर्षअघि विद्यार्थीको रुपमा अष्ट्रेलिया पुगेका मृतकको पूर्ण परिचय भने परिवारसँगको सम्पर्कपछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।
३ जनाबस्ने कोठामा भएको आगलागीमा अन्य दुई युवक भने बाँच्न सफल भएको बुझिएको छ । अष्टे«लिया प्रहरीले नेपाली समुदायको सहयोगमा नेपालमा रहेको परिवारसँग सम्पर्क गरि मृतको बिवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
















