काठमाण्डौं । नेपाली कांग्रेसका नेता तथा निबर्तमान सांसद रामहरी खतिवडाले संसदमा रहँदा सुबिधा स्वरुप पाएको रातो पासपोर्ट सांसद सचिबालयमा फिर्ता बुझाइदिएका छन् ।

उनले सांसदको हैसीयतमा रहँदा प्राप्त गरेको रातो पासपोर्ट पदमुक्त भएपछी लिईरहन नैतिकताले नदिने र सेवाको दुरुपयोग नहोस भनि आफुले उक्त पासपोर्ट सचिबालयको सुबिधा शाखामा बुझाइदिएको जनाए ।यो सुबीधा २०७४ माघ १४ सम्म प्रयोग मिति तोकीएको थियो
ब्यवस्थापीका संसदबाट धेरै सांसदहरुलाई बिदाई गरी सकीएको छ तर धेरै सांसदहरुले यो रातो पासपोर्ट फिर्ता गरेका छैनन् ।सरकारले सुविधाबापत उपलब्ध गराएको रातो पासपोर्ट व्यवस्थापिका संसद्को अवधि सकिएसँगै दुरूपयोग हुनसक्ने र वैदेशिक रोजगारको आवरणमा सक्रिय दलाल तथा मानव तस्करसम्म पुग्नसक्ने विभागको आशंका छ । पहिलो संविधानसभाका १ दर्जन सांसदहरू रातो पासपोर्ट किर्ते प्रकरणमा छानविनको दायरामा परेका थिए ।
















