देउसी खेल्नेहरुलाई मेयरले बन्दुक देखाएर तर्साएपछि ……

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले बिहीबार साँझ हेटौंडामा भैलो खेलिरहेको टोलीका केही सदस्यलाई कुटपिट गरेका छन् । मदिरामा लठ्ठ मेयरले देउसी खेल्ने उक्त टोलीलाई बन्दुक देखाएर तर्साका छन् ।

सिँचाइ टोल महतको आफ्नै घर भएको टोल हो । स्थानीय राज्यकुमारी चौंलागाइँको घरमा भैलो खेलिरहेका करिब २५ जनाको समूहमाथि महतले बन्दुक देखाएका हुन् । घरधनी चौंलागाई आफैं पनि पूर्वप्रहरी हवल्दार हुन् । बिहीबार राति पौने १२ बजे हेटौंडाको सिँचाइ टोलमा देउसी भैलो खेलिरहेका स्थानीय समूहलाई मेयरले बन्दुक देखाएका हुन् ।

गेटमा लात्तले हान्दै कम्पाउण्डभित्र छिर्न खोजेका मेयर महतले सुरुमा गेट खोल्न नसकेपछि गेटको प्वालबाट बन्दुकको नाल भित्र छिराएका थिए ।

भित्र गएर पनि मेयर महतले ‘राइफल’ देखाएपछि भैलो खेल्नेहरुको भागाभाग भएको स्थानीयले बताए ।

घटनामा महतले १७ वर्षीय सुनिल राईलाई कुटपिट गर्दै देउसे टोलीले लगेका स्पीकरसमेत तोडफोड गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।

तर मेयरले भने आफु निर्दोष भएको बताएका छन् । अफुसँग बन्दुक भएपनि नदेखाएको बरु उनिहरुलाई सचेत गराएको बताएका छन् । उनले भने रातको १२ बजेसम्म देउसी खेलेको भन्दै आफूले सो समूहलाई सचेत गराएको हो । सुरक्षाका लागि मैले बन्दुक बोक्छु’ महतले भने, ‘ तर, मैले प्रचार गरिएजस्तो बन्दुक देखाएको भने होइन ।’

मेयर महतले बन्दूक देखाएको भनिएको घटनाबारे आफूले पनि सुनेको मकवानपुरका प्रहरी उपरीक्षक विकास खनालले बताए ।
स्थानीयले भने आफ्नै गाउँको घटना भएकाले प्रहरीसम्म नगएको भन्दै मेयरले आफूहरुसँग आएर माफी माग्नुपर्ने बताएका छन् ।

तर, स्थानयीले भने घटनामा महतले गरेको दुब्र्याबहारको भिडियो आफुहरुसँग सुरक्षित रहेको भन्दै मेयरको भनाइको खण्डन गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार