किन लगाईन्छ रानीपोखरीस्थित यमलेश्वर मन्दिरमा भाइटीका ?

काठमाडौंको मुटु रानीपोखरी कुनै बेला निकै मनमोहक देखिन्थ्यो । अझ रानीपोखरीको मध्यभागमा रहेको बालगोपालेश्वरको महत्व छुट्टै छ । रानीपोखरीको सौन्द्धर्यतालाई सजाउने बालगोपालेश्वर मात्र नभई यतिवेला रानीपोखरी पनि उराठ जस्तै बनेको छ । बालगोपालेश्वरको महत्व ऐतिहासिक पुरातात्विक मात्र होइन, हिन्दु नेपालीहरुको महान् पर्व तिहारमा पनि उस्तै रहेको छ ।

 

 

 

 

 

बालगोपालेश्वर काठमाडौंको मुटु रानीपोखरी अवस्थित सांस्कृतिक महत्व बोकेको मन्दिर हो । रानीपोखरी सुकाइएसँगै बालगोपालेश्वरको दृश्यावलोकन दिक्क लाग्दो बनेको छ । वर्षमा एकपटक तिहारको भाइटिकाका दिन मात्र खुल्ने यस मन्दिरको आफ्नै विशेषता रहेको छ । यस दिन यमलेश्वर नाम रहने धार्मिक विशेषताले भरिपूर्ण बालगोपालेश्वरको पुनर्निर्माण अझै पुरा हुन सकेको छैन ।

 

दाजुभाई र दिदीबहिनी नहुनेहरुका लागि यमलेश्वर मन्दिरमासामुहिक भाईटिका लगाईने प्रचलन रहँदै आएको छ । पोखरी भरि पानी, पौडिरहेका माछा हेर्दै मध्य भागमा रहेको मन्दिरको सौन्दर्यताले कसको पो मन छुदैन थियो होला ? पोखरीको विचमा बसेर सामुहिक टीका थाप्नेहरु यस पटक भने सुख्खा पोखरी हेर्दै बन्दै गरेको मन्दिरको छेउमै बसेर टिका लगाउने अवस्था आएको छ । टिका थाप्नकै लागि रानीपोखरीको बीच भागमा रहेको ऐतिहासिक यमलेश्वर समेत भनिने बालगोपालेश्वर मन्दिर पुग्दा जो कोहीलाई पनि खिन्न महसुस हुनु स्वभाविक नै हो ।

शनिबारको भाइटीकाको लागि तयारी भन्दै भत्किएका संरचनालाई रङ लगाउने काम अझै भइरहेको छ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त बनेपछि छाउनी संग्रालयमा राखिएको बालगोपालेश्वको मूर्ति शनिबार भाईटिकाको दिन मन्दिरमै राखेर टीका थाप्ने व्यवस्था गरिएको छ ।

ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका मन्दिर मौलिकता जोगिने गरी पुनःनिर्माणका लागि पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाको ध्यान जान जरुरी छ । धर्म र संस्कुति सँग जोडिएका बालगोपाल मन्दिर र रानीपोखरी जस्ता संम्पदाहरुको पुननिर्माण छिटो सम्पन्न गर्न सरकारले तदारुकता देखाउन जरुरी छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार