राजधानीमा फेरी गोली चल्यो – एकाबिहानै गुरुङमाथी गोली हानियो –

काठमाडौँ ।
काठमाडौँको म्हेपीमा आइतबार बिहानै स्कुटीमा सवार एक पुरूषमाथि गोली हानिएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख रवीन्द्र धानुकका अनुसार गोली लागेर स्कुटीमा सवार कल्याण गुरूङ घाइते भएका छन् ।गुरूङको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

रानीबारीमा बस्ने गरेका गुरूङको घुँडामुनि एक राउन्ड गोली लागेको छ । गुरुङ र कारमा सवार समुहबीच केटीको बारेमा बिवाद हुदा गोली चलेको हो । गोली लाग्ने र गोली चलाउने दुबै समुहले बारमा बसेर संगै मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘संगै बारमा बसेर मदिरा सेवा गरेको पाईयो, स्कुटरमा सवार चार–पार जनाको समुहले कारको पिछा गरेपछि गोली चलेको पाईयो ।’ प्रहरीले स्रोतले भन्यो ।

सातअघिमात्रै नयाँ बानेश्वरको खरिबोटमका अज्ञात समूहले गोली हानेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार