काठमाडौं । विवेकशील साझा पार्टीले प्रतिनिधिसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर २ मा प्रवक्ता सूर्यराज आचार्यलाई उम्मेदवार बनाउने भएको छ ।
विवेकशील साझा पार्टीका उम्मेदवार आचार्य भौतिक पूर्वाधारका विज्ञ हुन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं २ बाट उम्मेदवारी दिँदैछु ।’

यही क्षेत्रबाट एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि चुनाव लड्दैछन् भने कांग्रेसले दीपक कुईंकेललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
















