बोक्सी आरोपमा कुटपिट गर्ने पक्राउ

फिदिम : शरिरमा बोक्सीको पिसाच लागेको भन्दै झाँरफुक गर्ने नाममा एक अर्धबैशे महिलालाई फलाम तताएर डाम्दै कुटपिट गर्ने एक युवतीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । तुम्वेवा गाँउपालिका ३ बस्ने २६ वर्षीय लिपा भनिने दिव्यानी माङ्लाकलाई प्रहरीले प्रक्राउ गरेको हो ।


माङ्लाकले आफ्नो शरिरमा बोक्सी लागेको भन्दै सोही गाँउकी ४५ वर्षीय महिलालाई खुकुरी तताएर डाम्दै कुटपिट गरेकी थिइन् । पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि माङ्लाकलाई पक्राउ गरिएको पाँचथरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए । प्रहरीले पक्राउ गरेपछि जिल्ला अदालत पाँचथरमा म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार