श्री शाके १९३९ , बि. स. २०७४ साल कार्तिक ११ गते शनिबार इश्वी सन २०१७ अक्टोबर २८ तारीख कार्तिक शुक्ल पक्ष अष्टमी तिथी १२ः५४ बजे सम्म पश्चात नवमी चन्द्रमा मकर राशिमा सूर्य दक्षीणायन शरद ऋतु गोरखकालीपूजा, गोपाष्टमी ,मुखअष्टमी-ज्यो.पं. सरोज घिमिरे,।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सभा सम्मेलन जन्य कार्यमा सरिक हुने अवसर जुट्नेछ । बिद्या ब्यपारको क्षेत्रमा सोचे अनुरुपको समय दिन नसकिएला । मान्यजनको साथ सहयोगमा गरीएका कार्यबाट बिषेश लाभ लिन सकिनेछ । सामुहिक कार्यमा अगाडि बढ्नुपर्ने समय रहेको छ । दिन मध्यम रहनेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिवारका कोहि सदस्यको स्वास्थमा देखापरेको समस्या झेल्नु पर्ने सम्भाबना रहेको छ । सामान्य खर्च भएतापनि खर्चको सदुपयोग भएको बोध रहनेछ । यात्रा मनोरम रहनाले मन प्रशन्न रहनेछ । मित्र तथा दाजुभाईको साथ सहयोग प्राप्त रहनाले कार्य सम्पादनमा शाहस बड्नेछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को
भोजभतेरमा सरीक हुने अबशर प्राप्त रहनेछ । सामान्य स्थान्तरणका कारण कार्य क्षेत्रमा साधारण झन्भट ब्यर्होनु पर्नेछ । स्वास्थ सम्बन्धी समस्याले सताउनसक्नेछ । तपाईको बोलिको खराब अशर देखापर्नेछ । साजेदारीकाममा भने मनग्य लाभ प्राप्त हुनेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
ब्यापार ब्यवसायमा सामान्य घाटा आईपर्न सक्छ । पारीबारिक झोरझमेलाले सताउन सक्नेछ । कार्यसम्पादनमा बिशेष होसियार हुनु पर्ने छ । शारिरीक आलस्ताले सताउन सक्छ । खानपानको क्षेत्रमा समय राम्रो रहेको छ । पती पत्नि बिच मन मुटाब हुन सक्ला ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतिस्प्रदामा उत्रन तपाईकोे समय ले त्यति साथ दिने छैन । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ । आर्थिक अभाबको सामन गर्नु पर्ला । मनमा सामान्य चिन्ताले बास गर्नेछ । दिन मध्यम रहला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मनोरञ्जनात्मक कार्यमा समय ब्यतित हुनेछ । तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पारिवारिक साथसहयोगले मन प्रशन्न रहला । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । आम्दानि मध्यम रहला ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
तपाईका रोकिएका कार्यहरु पूृनः सुचारु गर्दा सफलता प्राप्त हुनेछ । आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । सामान्य यात्रा हुनसक्ला । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
साहित्य क्षेत्रमा रुचि जाग्ने छ । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । स्वास्थ सम्बन्धी समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जस आउन सक्छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
तपाईको सरल मिजासले मित्रजनहरु आकर्शित हुने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
धनमालमा क्षति पुग्न सक्छ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । पारीबारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थमा सामान्य समस्या आउन सक्छ । कुराकाट्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बिभिन्न आम्दानिका स्रोतहरु फेला पर्ने छन । कार्य कुशलताले गर्दा सबै क्षेत्रमा चर्चा चल्नेछ । कुलकुटुम्बहरुको साथ सहयोले मन प्रशन्न रहला । आकस्मीक धन लाभको योग रहेको छ । हराएका सामान हरु फेला पर्न सक्नेछन । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला ।
















