विकास भट्टराई /गोरखा । वरिष्ठ डा. उपेन्द्र देवकोटाले आँफु बामगठबन्धनको पक्षमा रहेको बताएका छन् ।
व्यक्तिगत भेटघाट र आफ्नो विदेशी साथीलाई जन्म थलो र यस क्षेत्रको ऐतिहासिक विशेषताको बारेमा प्रचार प्रसारका लागी गोरखा आएका देवकोटा स्थानिय नेता र पत्रकारहरु सँग कुरा गर्दै यस्तो बताएका हुन् ।

डा. देवकोटाले यो चुनावले देशको राजनितीलाई नायाँ मोडमा लैजाने बताउदै आजको आवश्यकताका कारण यो राजनितिक समिकरणले स्थायित्व पाउनु पर्नेमा जोड दिए ।
देशमा दुईवटा राजनितिक समिकरणको आवश्यकता औँलाउदै दुईवटा धुव्रहरुको बिच समिकरण बन्दा देश स्थाई दिशामा जाने उनको धारणा थियो ।
देशमा राजनितिक समस्या समाधानको लागि उनले वाम गठबन्धन चुनाब पछिसम्म हुनु पर्नेमा जोड दिदै आफ्नो सहपाठी डा. बाबुराम भट्टराईले दुईको टिकट नपाए पछि गठबन्धनबाट बाहिरुनु भएको समेत बताए ।
देवकोटाले डा. भट्टराईको नेपाली कांग्रेससँगको सहकार्य बाम गठबन्धनको जस्तो चिरस्थाइ नहुने भन्दै राजनितिमा सिद्धान्त निष्ठा सबै भन्दा महत्वपूर्ण कुरा भएकोधारणा राखेका थिए ।
राजनितिक गर्ने व्यक्ति अवसरवादमा लाग्दा व्यक्तिको जतिसुकै ठुलो हाईट भए पनि त्यो हाईट घट्ने भन्दै राजनितीमा अवसर एक पटकमा नपाइने समेत बताए ।
उनले एक फरक प्रशङ्गमा आँफुले बाम विद्यार्थीको राजनिती विद्यार्थी काल खण्ड देखीनै गर्दै आएको भन्दै अहिलेको चुनावमा आफ्नो सर्मथन नारायणकाजीलाई रहेको स्पस्ट पारे ।
बामगठबन्धनमा मोहन विक्रम र मोहन वैद्य लगाएतका कम्नुष्ट नेताहरुलाई सम्मान जनक स्थितिमा गठबन्धनमा ल्याउनु पर्नेमा जोड दिए ।
फोटो : सुजन न्यौपाने
















