श्री शाके १९३९, बि. स. २०७४ साल कार्तिक १३ गते सोमबार इश्वी सन २०१७ अक्टोबर ३० तारीख कार्तिक शुक्ल पक्ष दशमी तिथी १४ः५५ बजे सम्म पश्चात एकादशी तिथी चन्द्रमा कुम्भ राशिमा सूर्य दक्षीणायन शरद ऋतु बलम्बुमा महालक्ष्मी यात्रा धादिङ्ग फुलखर्क गंगा जमुना मेला–ज्यो . पं . सरोज घिमिरे ।

मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आम्दानिका प्रशस्त श्रोतहरु फेला परेता पनि कार्य क्षेत्रमा प्रयाप्त समय खर्चन नसक्नाले सामान्य चिन्ता भोग्नु पर्नेछ । अध्यन अध्यापन तर्फ समय त्यति उत्तम देखिदैन । बाणीका कारण आफन्त जनहरुलाई मोहित तुल्याउन सकिएला । प्रतिश्पर्दा जन्यकार्यमा सजग रहनु होला ।
बृष राशि : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सामान्य कार्य सम्पादनका निम्ती अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । पारीवारिक झोरझमेलामा फसिन सक्ने सम्भावना रहेकोछ । मान्यजनको स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । प्रतिष्ठीत ब्यत्तित्वहरु सगँको भेटघाटले मन हर्षीत रहनेछ ।
मिथुन राशि : का, कि, कु, घ, ङ, छ, के, को, ह
कडा मेहेनत पश्चात सम्पादित कार्यको श्रेय अन्य ब्यतिहरुलाई प्राप्त रहनाले मानसिक तनाव भाग्नु पर्ला । यात्राका निम्ती समय ब्यतित रहने योग रहेकोछ । मित्रजनहरुको साथ सहयोग प्राप्त रहनाले आटँ र शाहसमा बृद्धि हुने समय रहेकोछ ।
कर्कट राशि : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ क्षेत्रमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । तपाईको प्रगतिमा आरीस गर्नेहरुको बृद्धि हुनाले हरकदममा सोचबिचार पूर्याउनु आवब्यक रहनेछ । खानपानमा बिषेश ध्यान पूर्याउनु होला । बिश्वासिलो ब्यतिबाट धोका हुन सक्ने सम्भाबना रहेकोले सजग रहनु होला ।
सिंह राशि : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पारिवारिक साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा उत्तम समय रहेकोछ । नयाँकार्यको थालनिका लागी आटँ र शाहसको कमी महसुस हुन सक्नेछ । प्रेम सम्बन्धमा सुधार आउने योग रहेकोछ । दिर्घकालिन आम्दानिका श्रोत साधन हरु फेला पर्नाले मन प्रशन्न रहला ।
कन्या राशि : टो, प, पि, पु, ष, ण, ठ, पे, पो
तपाईको कार्यको श्रेय अन्य ब्यत्तिहरुलाई सहज रुपमा प्राप्त हुनेछ । यात्राका कारण अनाबश्यक खर्चको सम्भाबना रहेको छ । प्रतिस्पर्दा मुलक कार्यका क्षेत्रमा तथा सामाजिक कार्यमा तपाई अग्रसरता उत्तम नरहनाले मानसिक तनाबको सामना गनु पर्न सक्छ ।
तुला राशि : र, रि, रु, रे, रो, ता, ति, तु, ते
बौधिक ब्यत्तित्व हरुसगँको भेटघाटले मन प्रशन्न हुनेछ । अध्यन अध्यापनमा उत्तम समय रहेकोछ । साजेदारी कार्यमा भने सजग रहनु पर्ने समय रहेकोछ । ब्यापार ब्यवसायको क्षेत्र बाट मनग्य लाभ प्राप्त हुने समय रहेकोछ । प्रेम सम्बन्धमा भने सामान्य तनाबको स्थीति देखा पर्नेछ ।
बृश्चिक राशि : तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्थिर साधनको क्षेत्रमा लगानि गर्ने उत्तम समय रहेकोछ । सबारी साधको प्रयोगमा साधारण समस्या उत्पन्न हुन सक्नेछ । पारीवारिक साथ सहयोग मार्फत नयाँ कार्य प्रारम्भको योग रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।
धनु राशि : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिश्पर्दा मुलक कार्यमा तपाई अब्बल रहनु हुनेछ । शुभ चिन्तकहरुको प्रयाप्त साथ प्राप्त हुनाले कार्यसम्पादनमा सहजता रहनेछ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहला । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।
मकर राशि : भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेको छ । लेनदेन सम्बन्धी कार्यमा बिशेष सजग रहनु पर्ने छ । तपाईको बाणीकोगलत अर्थ लाग्न सक्छ बोल्दा होशपूर्याउनु होला । प्रियजनको स्वास्थमा सामान्य खराबि आउनाले मानसीक समस्या आईपर्न सक्नेछ ।
कुम्भ राशि : गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ सम्बन्धि समस्याले सताउला । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ ।
मीन राशि : दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरुको छिटो बिश्वास गर्ने बानीको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । मित्रजन तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।
















