हटएयर बेलुनमा सरर उड्ने अब पोखरा आकाशमा

काठमाडौं- पोखरामा व्यवसायीकरुपमा हटएयर वेलुन उडाइने भएको छ। बेलुन नेपाल प्रालिले पोखरामा यस प्रकारको साहसिक खेल भित्र्याएको हो। बेलुनमा बसेर अन्नपूर्ण हिमश्रृंखला एवमं पोखराको दृश्यावलोकन गर्न सकिने छ।

Photo: Dinesh Gole/Nagarik/Republica

बेलुन नेपाल प्रालिले १ करोड रुपैयाँको लगानीमा अमेरिकाको एडम्स बेलुन कम्पनीसँग बेलुन खरिद गरेको जनाएको छ। बेलुन धम्पुसबाट उडान गरी मर्दी खोलाको तिरमा अवतरण हुने कम्पनीले जनाएको छ। कम्पनीमा प्रत्यक्ष १५ जनाले रोजगारी पाउने जनाइएको छ। बेलुनमा उड्न चाहने यात्रुले ८५ सय तिर्नु पर्ने छ। एक पटकमा ६ जना सम्मको उडान भर्न सकिने जनाइएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार