माओवादिले गरेको १० बर्ष लामो शसस्त्र युद्ध जसलाई माओवादिले जनयुद्ध भन्दै आइरहेको छ।उक्त युद्ध कालमा ओखलढुंगामा व्यक्तिगत रिसिइवी साध्दै २०५५ साल असार १० गते उज्जन श्रेष्ठको हत्या गरेको आरोपमा सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएदेखी फरार रहेको बालृष्ण ढुंगेल पक्राउ परेका छन्।
मंगलबार पक्राउ परेका बालकृष्ण ढुंगेलसँग सोमबार रातोपाटिका लागी युग पाठकले लामो अन्तरवार्ता लिएका थिए। उनको अन्तरवार्ता प्रसारण हुनु अघि नै प्रहरीले ढुंगेललाई पक्राउ गर्यो।

पक्राउपछि प्रशारण भएको ढुंगेलको अन्तरवार्तामा ढुंगेलले पटक- पटक आफू गणतन्त्रको लागी लडेको र यसरी लड्दा आफूलाई जेलमा चरम यातना दिएको र अहिले किड्नी समेत काम नगर्ने (ड्यामेज) अवस्थामा पुगेको बताए।
एक घण्टाको अन्तरवार्ताको अवधिभर ढुंगेल पटक- पटक सर्वोच्च अदालतका पूर्व न्यायधिश, प्रधानन्यायधिशहरु माथी खनिए। आफूलाई हचुवाको भरमा पूर्वाग्रहि भएर फसाईएको समेत दावी गरे।
एक प्रसंगमा ढुंगेलले गौतम वुद्धको नाम लिदैं,वुद्धलाई खेद्ने इतिहास भएको देशमा आफूलाई खेद्नु ठूलो कुरा नभएको बताए। तर ढुंगेलले भगवान गौतम वुद्ध शान्ति र अहिंसाका पुजारी थिए र आफ्नो पृष्ठभूमी भने हत्या-हिंसाको भएको भन्ने कुरा बिर्से र सारा संसारलाई शान्ति र करुणाको बाटो देखाउने वुद्धको बाटो नहिडेर ठिक उल्टो हिडेको भने देखेनन्।
सर्बोच्च अदालतले मलाई कानुन सिरान हालेर बलात्कार गर्यो भन्दै ढुंगेलले आफूलाई सर्बोच्च अदालत र मानव अधिकारवादिहरुले नियोजित षडयन्त्रमा फसाएको दावी गरे।
















