अमेरिकामा आतंककारीको ट्रक आतंक – ८ को मृत्यु (फोटो फिचर )

अमेरिकाको न्युयोर्कस्थित म्यानह्याटनमा भएको एक आतंककारी हमलामा आठ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
हमलाकारीले साइकल लेन र पैदल यात्रुको बाटोमा  साइकल यात्री र पैदल यात्रुहरुमाथी जथाभावी पिक अप ट्रक कुदाएको न्युयोर्क प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शिहरुलाइ उधृत गर्दै संचारमाध्यमहरुले  हमलाकारीले अरेबीक भाषामा धार्मिक नारा लगाएको उल्लेख गरेका छन् ।  आक्रमणकारीले नक्कली बन्दुक देखाउदै भ्यानबाट भाग्न खोज्दा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका छन्  र हमलाकारीको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उक्त घटनामा सेफ्लो हिविवुलेविकको संलग्नता रहेको आशंका गरिएको छ । २९ बर्षिय ति आरोपित फ्लोरिडाको टेक्पाका रहेको संचारमाध्यमले प्रहरी स्रोतलाई उदृत गर्दै उल्लेख गरेका छन् । ति सन् २०१० मा उज्वेकिस्तानबाट अमेरिका आएका थिए । घटना गराउन रेन्टल ट्रक लिएका उनी पक्राउ परेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि घटनाबारे जानकारी दिइएको छ । न्युयोर्कका मेयर बिल डे ब्लासियोले  यो घटनालाई  ‘एक्टिभ टेरेर’ भनेका छन् ।  अमेरिकी समय अनुसार , मङ्गलवार  अपरान्ह तीन  बजेर पाँच मिनेटमा यो  घटना भएको हो । फोटो : सामाजिक संजाल

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार