ओलीलाई रञ्जीत र प्रचण्डलाई नवीना

काठमाडौं । आसन्न निर्वाचनमा वाम गठबन्धनलाई जिताउन विद्यार्थी संगठन खटिने भएका छन्। वाम गठबन्धनका एमाले र माओवादी केन्द्रलाई जिताउन अनेरास्ववियु र अअिल क्रान्तिकारी खटिने भएका हुन्।

बुधबार बसेको संयुक्त बैठकले ११ हजार ११ सदस्यीय वाम विद्यार्थी परिचालन कमिटी गठन गरेको अनेरास्ववियुका सचिव आरसी लामीछाने जानकारी दिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रचारमा क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विजयी गराउन अनेरास्ववियुका अध्यक्ष नवीना लामा खटिने भएकी छन्।

सचिव लामिछानेका अनुसार दुवै संगठनबाट सन्तुलित प्रतिनिधित्व हुने गरी बनाइने सो कमिटीले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा देशभर वाम उम्मेदवारलाई जिताउन प्रचारप्रसार गरिनेछ।

दुवै संगठनका विद्यार्थीलाईनेता शंकर पोखरेल र वर्षमान पुनले प्रशिक्षण समेत दिने कार्यक्रम तय भएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार