मनकामना माताले सबैको मनोकांक्षा पुरा गरुन, कार्तिक १६ गते / नोभेम्बर २ को राशिफल

श्री शाके १९३९ बि. स. २०७४ साल कार्तिक १६ गते बिहिबार इश्वी सन २०१७ नोभेम्बर २ , कार्तिक शुक्ल पक्ष त्रयाेदशी तिथी चन्द्रमा मिन राशिमा सूर्य दक्षीणायन शरद ऋतु विष्णुबैकुण्ठ चतुर्दशी पाल्पा दर्लमडाँडा महाकाली भगवतीयात्रा डोटी केदारमेला – ज्यो . पं . सरोज घिमिरे, ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अनावश्यक खर्चको सम्भावना रहेकोछ । प्रतिद्वन्धिहरुको हरकदममा बृद्धिहुनाले कार्यसम्पादनमा बिशेष साबधान अपनाउनु पर्नेछ । मित्रजनप्रतिको पुर्ण बिश्वासमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । पारीवारका सदस्य हरु सगँ टाढाँ भएको अनुभव हुनेछ । प्रेम सम्बन्धमा सुधार रहनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

शिक्षा क्षेत्रबाट तथा आफु भन्दा सानाको सहयोग द्वारा आम्दानि उत्तम साबित हुनेछ । नयाँ लगानिका साथै साजेदारी कार्यका क्षेत्रमा दिन मध्यम रहनेछ । साहित्य संगीत साथै मनोरञ्जन तर्फ समय ब्यतित रहन सक्नेछ । सोच बिचार पुर्ण ढंगले कार्यसन्चालन गरेमा बिशेष सफलता हात लाग्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

कार्यसम्पादन गर्न सक्ने क्षमतामा बृद्धि भएको अनुभव हुनेछ । तपाइको ब्यत्तित्वको हर क्षेत्रमा चर्चा चल्नेछ । सामाजिक मानसम्मान प्राप्तीको अवसर जुट्नेछ । स्वास्थ तर्फ भने सामान्य समस्या उत्पन्न हुन सक्नेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनाले मन प्रशन्न रहला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मान्यजनहरुको मार्ग दर्शन तपाईका निम्ती भाग्योदयको बाटो बन्न सक्नेछ । धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर जुट्नेछ । कार्यसम्पादनमा साबधानि अपनाउनु होला अन्यथा कार्यको श्रेय अन्य ब्यत्तिहरुले प्राप्त गर्नेछन । पुराना मित्रजन सगँको रमाईलो भेटघाट यादगार साबित हुनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आत्मीय ब्यत्तिहरुको बिश्वासमा कमी महसुस हुनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुनेछ । खानपान सम्बन्धि समस्याका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । वाणीमा आएको तिक्तताका कारण साधारण वादविवादको योग सृजना हुनेछ । यात्राका क्षेत्रमा साबधान रहनु होला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

नयाँ योजनाका साथमा ब्यापार ब्यवसाय सन्चालन गर्न उत्तम समय रहेकोछ । दाम्पत्य सम्बन्धमा प्रगाढता छाउनेछ । स्थीर क्षेत्रमा लगाईएको लगानि दीर्घकालिन साबितहुन सक्नेछ । सुमधुर वाणीका कारण सबैलाई आर्कषण गर्ने क्षमतामा बृद्धि हुनेछ । भोजभतेरमा सरीक हुने अवसर जुट्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

सरल मिजासका कारण शुभचिन्तकहरुको सङख्यामा बृद्धिहुनेछ भने प्रतिपक्षीहरु समन हुनेछन । सामान्य यात्रा पश्चात आम्दानिका श्रोतहरु फेला पर्नेछन । सामाजिक कार्यका क्षेत्रमा तपाईको अग्रसरता रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा सामान्य खर्च हुन सक्ने सम्भाबना रहोकोछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

रचनात्मक कार्यका क्षेत्रबाट अघि बढ्नाले आम्दानि क्षेत्र उत्तम साबित हुनेछ । अध्यन अध्यापनमा समय ब्यतित रहनेछ । मानसिक चन्चलतामा लगाम लगाएमा कार्यसम्पादनमा सफलता प्राप्त रहनेछन । मान्यजनको साथ प्राप्त हुनाले आर्य आर्जनका मार्ग सबल रहनेछन ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पारीवारीक साथ सहयोग द्वारा अधुरा कार्य हरु सहजता पुर्ण सम्पादन हुनेछन । सभासम्मेलन जन्य कार्यमा सरिक हुन अवसर जुट्नेछ । भौतिक साधनको प्रयोगमा तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सवारी साधनको प्रयोमा भने सजग रहनु होला । साजेदारी कार्यमा हात नहालैकै बेश रहनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

नयाँ मित्र प्राप्तीको समय रहेकोछ । निर्णय गर्न सक्ने क्षमतामा बृद्धि हुनाले कार्य सम्पादनमा सहजता रहनेछ । गैर बिश्वसनिय कुराको पछि लाग्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला । यात्राका क्षेत्रमा सजग रहनु पर्नेछ । सामाजिक क्षेत्रमा अग्रसरता उत्तम साबित हुन सक्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

भोज भतेर तथा सभासम्मेलनमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । वाक्चातुर्यताले कार्यसिद्यी प्राप्त हुनेछ । नयाँ लगानिका क्षेत्रमा तथा साजेदारीकार्यका क्षेत्रमा साबधान रहनु पर्नेछ । तपाईको मार्ग अवरोध गर्नेहरुको सङख्यामा बृद्धि हुनेछ । सामान्य चोटपटकको सम्भाबना रहेकोछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

नयाँकार्यको प्रारम्भ गर्न उत्तम समय रहेकोछ । कलाकौशलता तथा मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहनेछ । परीवारका सदस्यको स्वास्थमा सामान्य तनाब देखा पर्न सक्नेछ । खानपानमा ध्यान पूर्याउनु होला । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने सम्भाबना रहेकोछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार