प्रचण्डको परिवारमा ‘सुरक्षा थ्रेट’ सिर्जना गर्ने संदीग्ध अंगद सिंहको दोहोरो नागरिकता

ललितपुरमा स्टेपिङ स्टोन प्रि स्कुल सञ्चालन गरिरहेका अंगद सिंह नामक एक संदीग्ध भारतीयले झुठो विवरण देखाएर काठमाडौं जिल्लाबाट वंशजका आधारमा नागरिकता लिएको खुलासा भएको छ । नेपाल आजले अंगद सिंह नामका यी व्यक्ति जसको राष्ट्रियता नै विवादमा परेको छ, उनको बारेमा शंकास्पद क्रियाकलाप प्रकाशन गर्न थालेपछि थप विषयका प्रमाणहरु प्राप्त हुन थालेको छ । अंगदका हजुरबुवा प्रितम सिंह अहिले पनि भारतीय नागरिक नै हुन् । तर उनी वर्षौदेखि नेपालमा व्यवासाय गरेर बस्दै आएका छन् । वर्षौैं नेपालमा बस्दा पनि प्रितमले आफ्नो देशको नागरिकता त्याग्न सकेनन् । तर उनका नाति कुलमै नभएको विवादास्पद निस्किए । किनभने उनले नेपाली प्रशासनको कमजोरीको उपयोग गर्दै भारतको नागरिकता त्यागेर नेपालबाट वंशजका आधारमा नागरिकता फुत्काएका छन् । जबकी भारतको नागरिकता त्यागेको मान्छे नेपालमा वंशज हुन सक्दैन । सन् २००१ मा भारतीय दूतावासले उनलाई भारतीय नागरिक भएको पुष्टि गरेको थियो । अंगदको भनाइ अनुशार उनले भारतको नागरिकता पनि लिए । आमा भारतीय भएका कारण उनले भारतको नागरिकता लिए । जब उनलाई नेपालको नागरिकता आवश्यक पर्यो उनले भारतको नागरिकता ८ वर्ष अगाडि त्यागेर बाबुको नामबाट नेपालमा नागरिकता लिए । उनको हजुरबुबा भारतीय नै हुन अहिले पनि । बाबुले भने नेपाली नागरिकता लिएका छन् । हजुरबुवा भारतीय भएपछि उसको छोरा वंशज हुँदैन । त्यसमाथि नातिले भारतको नागरिकता लिइसकेका छ भने ऊसले भारतको नागरिकता त्यागेपछि वंशज हुने सम्भावना झनै हुँदैन ।

अंगदले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट ६७ साल साउन २५ मा नेपाली नागरिकता उम्काएका रहेछन् । त्यो पनि वंशजका आधारमा । उनको नागरिकतामा प्रशासकीय अधिकृत सागरमणि पाठकले हस्ताक्षर गरेका छन् ।भारतको नागरिकता त्यागेको मान्छेले कसरी नेपालमा वंशजका आधारमा नागरिकता पाउँछ ? भन्ने सवालमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा भन्छन्, ‘भारतको नागरिकता भए नभएको सबै लुकाएर, बाबुको नागरिकताका आधारमा मात्रै विवरण पेश गरेर वंशजको आधारमा नागरिकता लिएको हुन सक्छ । विवरण लुकाएको प्रमाणसहित उजुरी पर्यो भने उनका नागरिकता बदर गरिदिन्छौं ।’विवादास्पद अंगदको मात्रै होइन, अब नागरिकता त उनको आमाको पनि छानविन गर्नु पर्ने अवस्था सिर्जना भएको छ । उनले आमाको नामबाट ८ वर्ष भन्दा अगाडि भारतीय नागरिकता लिएको नेपालआजसँगको कुराकानीमा स्पष्ट पारेका छन् । सामान्यतः भारतबाट नेपालमा बिहे गरेर आएपछि भारतीय महिलाहरुले नेपालको नागरिकता लिन्छन् । अंगदले आमाको नामबाट भारतको नागरिकता लिएको बताएका छन् । अब उनकी आमा कमल सिंहको पनि नागरिकता छानविनमा पनेै देखिन्छ । किनभने उनी नेपालको नागरिक हुन कि हैनन् ? हुन् भने त अंगद फस्ने सम्भावना अझै छ । हैनन् भने पनि उनको नागरिकता विवादको घेरामा परिसकेको छ ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नाति आफ्नो स्कुलमा पढ्ने भन्दै अंगदले शुल्क महंगो भएको आफ्नो विद्यालयको ब्राण्ड स्थापना गर्न लागिपरेका छन् । दुई पटक प्रधानमन्त्री भइसकेका माओवादी अध्यक्ष प्रचण्डले आफ्नो विद्यालयलाई पत्याएको भन्दै उनले प्रचण्डका कान्छी बुहारीतर्फका नाति प्रणव दाहाललाई मोडलको रुपमा प्रयोग गरेका थिए । विद्यालयको कक्षा कोठामा खेल्दै गरेका प्रणवको फोटो उनले सामाजिक संजालमा सार्वजनिक गरेका थिए जुन दिन प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएका थिए । सशस्त्र संघर्षको नेतृत्व गर्दै देशको कार्यकारीसम्म बनेका परिवारको सदस्यको सुरक्षा संवेदनशिलतालाई रत्तिभर हेक्का नराखी उनले फगत विद्यालयको प्रचार हेरेको देखिन्छ । निजी विद्यालयको विरुद्धमा बमबारुद बर्षा गरेका प्रचण्ड स्वंयले नातिलाई पन्ध्र महिना हुँदा देखि मन्टेश्वरीमा राखेको विषय सार्वजनिक भएपछि यसले माओवादीवृत्तमा तरंग पैदा गरेको छ ।

प्रणवका बुबा प्रकाश दाहालले अंगदले झूठा प्रचार गरेर आफूहरुलाई बदनाम गर्न खोजेको प्रतिक्रिया दिएका छन् । आफ्ना नाति केही महिनायता आमा बिना मगरसँगै काठमाडौँ बाहिर रहेको दाहालको दाबी छ । उनले आफ्नो कान्छो छोरा अंगदले संचालन गरेको विद्यालयमा भर्ना नभएको दाबी गरेका छन् । अहिले पनि स्टेपिङ स्टोन नामक उनको स्कुलका कर्मचारीले प्रचण्डका नाति सोही विद्यालयमा पढ्ने गरेको बताउँछन् । यसमा अंगद आफै पनि प्रोत्साहन गर्छन ।
-नेपाल आजबाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार