नेपाली किशोर टिमको दोस्रो हार – अभ्यास खेल

१८ कात्तिक, काठमाडौं । एसिया कपको तयारीका क्रममा बंगलादेश भ्रमणमा रहेको नेपाली किशोर टिमले दोस्रो अभ्यास खेलमा पनि हार व्यहोरेको छ ।

शनिबार भएको दोस्रो अभ्यास खेलमा नेपाल, बंगलादेशसँग १२३ रनले पराजित भएको हो ।

घरेलु टोलीले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल ३६.५ ओभरमा १०४ रनमा अलआउट भयो । नेपालको सुरुदेखि नै सम्हालिन सकेन । ४ रन जोड्दा ओपनर सन्दिप सुनारलाई गुमाएको नेपालले थप १० रन जोड्दा दोस्रो विकेटका रुपमा आसिफ शेख आउट भए । नेपालले ६० रन जोड्दा महत्वपूर्ण ६ विकेट गुमाइसकेको थियो ।

पवन सर्राफ, रसिद खान र सन्दिप लामिछाने बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक नै जोड्न सकेनन् भने कप्तान दिपेन्द्र सिंह ऐरी शुन्यमै आउट भए । रसिदले २४, पवनले १६ र सन्दिपले १३ रन जोडे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाएर २२७ रन बनायो ।

उसका लागि सैफ हसनले ६२ रन बनाए भने अफिफ हुसेनले ५९ रनको पारी खेले । कप्तान दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले समान २-२ विकेट लिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार