काठमाडौ । आपराधिक पृष्ठभुमीका, राज्यबाट गुण्डा नाईकेको विल्ला भिरेका, ज्यान मार्ने अभियोग लागेका र फरार रहेका मोष्स्टवान्टेड सम्मले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा लड्ने भएका छन् ।
राजनितीको आडमा अपराधीक मनोबृत्तिका यस्ता ब्यक्तिहरु जनप्रतिनिधि बन्ने भएपछि जनताहरुमा डर र आशंका पैदा भएको छ । र गुण्डागर्दी र आतंकलाई अंगालेकाहरुलाई स्थापित गराउन हरेक दलका शीर्ष नेताहरु नै लागि परेका छन् । यस्ता ब्यक्तिहरुको ज जसले टिकट दिन्छन् उही पार्टीमा भागदौड समेत चल्ने गरेको छ । र, यो प्रवृत्ति गलत भएको काँग्रेस नेता धनराज गुरुङ भन्छन् ।
चुनाव लड्दै फरार अभियुक्त रेशम चौधरी
२ बर्षअघि भएको टीकापुर घटनामा संंलग्न रहेको आरोपमा फरार रहेका अभियुक्त रेशम चौधरी अन्ततः चुनावी मैदानमा प्रवेश गरेका छन् । एक बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका फरार अभियुक्त चौधरीले कैलाली निर्वाचन क्षेत्र १ मा राजपाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । भुमिगत रुपमा रहेका चौधरीले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।
टीकापुर घटनामा संलग्न आरोपी चौधरीविरुद्ध कर्तव्य ज्यान मुद्दा, ज्यान मार्ने उद्योग र हतियार डकैतीसम्बन्धी ३ वटा मुद्दा जिल्ला अदालत कैलालीमा परेको छ । त्यही मुद्दामा २५ जना २ वर्षदेखि पुर्पक्षका लागि थुनामा छन् भने घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरी २ वर्षदेखि फरार रहेका थिए । तर उनले आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि वारेसमार्फत उमेद्धारी दर्ता गराएका छन् र उनको उम्मेद्धवारी रद्द भएको छैन र अन्तत उनी कैलाली निर्वाचन क्षेत्र १ बाट उम्मेद्धवार भएका छन् ।
पुर्पक्षका लागि थुनामा रहेका लक्ष्मण थारूको पनि मैदानमा
टीकापुर घटनामा पुर्पक्षका लागि थुनामा रहेका लक्ष्मण थारूपनि कैलाली निर्वाचन क्षेत्र ६ मा राजपाबाट प्रतिनिधि सभाका लागि चुनाव लड्ने भएका छन् । थारुले पनि वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । थारुले स्थानीय जगन्नाथ चौधरीमार्फत उम्मेदवारी दर्ता गरेका हुन् । टीकापुरमा घटनाको मुख्य योजनाकार थारु हाल पुर्पक्षका लागि थुनामा छन् । तत्कालीन फोरम लोकतान्त्रिकका नेता थारुले केही दिनअघि मात्र जेलबाटै राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेको घोषणा गरेका थिए । उनीमाथि दायर मुद्दा फैसला भएको छैन ।
मोस्ट वान्टेड मोहमद अफताव आलम प्रतिनिधिसभाका उम्मेदवार
मानव हत्याको आरोप लागेका र प्रहरीको मोस्ट वान्टेड सुचिमा फरार रहेका पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद अफताव आलम प्रदेशसभाका लागि उमेद्धार बनेका छन् । कांग्रेसले आलमलाई रौतहट २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनाएको हो ।
रौतहट कांग्रेसका नेता आलममाथि २०६४ साल चैत्र २७ गते स्थानीय शेख इद्रिसको घरमा बम विस्फोट गराई घाइते भएका त्रिलोक प्रतापसिंह र ओसी अख्तर मियालाई नजिकको ईट्टा भट्टाको चिम्नीमा जिउँदै जलाएको अभियोग छ । २३ जनाको अत्या अभियोगमा सर्वाेच्च अदालतले पक्राउ गरी कारवाही गर्नू भनी आदेश दिइएका आलम कांग्रेसकै आवरणमा फरार रहेका कारण प्रहरीले पक्राउ गर्न सकेको छैन ।
राजनीतिमा स्थापित हुन खोज्दै गुण्डा नाइके
गुन्डा नाइके भनेर कहलिएका काभ्रेपल्चोकका गणेश लामा नेपाली कांग्रेसबाट काभ्रे क्षेत्र नम्बर १ को ‘ख’का लागि प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । यसअघि फोरम लोकतान्त्रिकमा आबद्ध लामा पार्टी एकीकरणसँगै कांग्रेसको उम्मेवार बनेका हुन् ।
लामाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरणको मुद्दा चलिरहेको छ । उनीविरुद्ध हातहतियार तथा खरखजना तथा फिरौतिको मुद्दा पनि बिचाराधीन छ । काभ्रे, भक्तपुर, ललितपुर काठमाडौं लगायतका क्षेत्रमा असुली, फिरौती तथा अपहरणलगायतका घटनामा संलग्न हुने गरेको आरोप लामालाई लाग्ने गरेको छ । तर उनी आफू डन र गुण्डा नभएको स्पष्टीकरण दिदै हिडेका छन् ।
उनीसँगै प्रतिनिधीसभामा काँभ्रे क्षेत्र १ बाट निर्वाचनका उम्मेद्धवार बनेका तीर्थ लामालाई पनि गुण्डागर्दीमा संग्लनता छ । त्यसैगरी गुण्डा नाईकेको उपमा पाएका राजीब गुरुङ उर्फ दिपक मनाङे स्वतन्त्रतर्फबाट उम्मेद्धवार बनेका छन् तर उनलाई एमालेको तर्फबाट प्रदेशसभाका लागि मनाङको क्षेत्र ख सहयोग गर्ने बताएको छ । एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएका दिपक मनाङ्गेलाई सघाउने भन्दै एमालेकी उमेदवार खण्डा लामाले उमेदवारी लिएपछि एमालेका तर्फबाट उनी उमेद्धार बनेका हुन् ।
डन दिपक मनाङे नामले चिनिएका गुरुङलाई गुण्डागर्दीमा संलग्न भएको भन्दै प्रहरीले पटकपटक पक्राउ गर्दै छाड्ने गरेको छ । आपराधिक गतिविधि गर्दै अकुत सम्पत्ति कमाएको भन्दै उनीविरुद्ध परेको मुद्धा विशेष अदालतमा अहिले पनि विचाराधीन छ । उनी धरौटीमा छुटेका हुन् ।
गुण्डागर्दीको रुपमा कहलिएका संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता एवं पूर्व सभासद बबन सिंह वागी उम्मेदवार बनेका छन् । उनी रौतहट १ बाट बागी उमेद्धार बनेका हुन् । बबनसिंह कुख्यात गुण्डा र हत्या अभियोग लागेका ब्यक्ति हुन् । सभासद बन्नुअघि पनि विभिन्न अन्य हत्या आरोपमा प्रहरीको वान्टेड लिस्टमा थिए । सभासद भएपछि प्रहरीले पक्रने डरले उनी सभासद भएकोमा सपथ खान समेत संविधानसभामा धेरै समयसम्म उपस्थित भएका थिएनन् ।
हत्यारा सन्जय साहकी श्रीमती रंगीला पनि ओर्लिइन मैदान
जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियाको हत्या अभियोगमा सजाय भुक्तान गरिरहेका पूर्वसांसद सञ्जय साहकी पत्नी रंगीला साहले धनुषा ३ स्वतन्त्र उम्मेदवारी दिएकी छन् । उनी राजपा नेता राजेन्द्र महतो विरुद्ध बागी उठेकी हुन् । जुन निर्णयको योजनाकार उनका श्रीमान् सञ्जय शाहको रहेको बुझिएको छ । र, निर्वाचनमा आपराधिक पृष्ठभूमिका उम्मेद्धवारहरु पनि उल्लेख्य उपस्थिती देखिनु समाजका लागि निक्कै दुखद सत्य हो ।
















