श्री शाके १९३९ बि. स. २०७४ साल कार्तिक २२ गते बुधबार इश्वी सन २०१७ नोभेम्बर ८ तारीख मार्गशिर्ष कृष्ण पक्ष पञ्चमी तिथी चन्द्रमा मिथुन राशिमा सूर्य दक्षीणायन शरद ऋतु , विश्व रेडियोग्राफी दिवस – ज्यो . पं . सरोज घिमिरे।
मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आत्म बिश्वास बढेता पनि नजिकका ईष्ट मित्रजनहरु बाट सामान्य धोका हुन सक्नेछ । अनावश्यक यात्राका कारण सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । प्रतिश्पर्दा जन्य कार्यमा बिशेष सजग रहनु उत्तम रहनेछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ला ।
बृष राशि : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
खानपानका क्षेत्रमा बिशेष ध्यान पूर्याउनु पर्ने समय रहेकोछ । वाणीमा मधुरता छाउनेछ । आफन्तजन सँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । स्वास्थ क्षेत्रमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । मनमा बिभिन्न नकरात्मक सोचाईले बास गर्ने सम्भावना रहेकोछ ।
मिथुन राशि : का, कि, कु, घ, ङ, छ, के, को, ह
मनोरञ्जनका क्षेत्रमा अधिक समय ब्यतित रहेता पनि शारीरिक आलस्यताले भने सताउन सक्नेछ । पारीवारिक साथ सहयोग मनग्य रुपमा प्राप्त हुनाले नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायमा जिवन साथिको अग्रसरता उत्तम साबित हुनेछ ।
कर्कट राशि : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बिश्वासिला ब्यत्तिहरुसँग सामान्य मनमुटाब साथै धोका हुन सक्नेछ । तात्कालिक खर्चको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रमा सामान्य तनाब उत्पन्न हुनेछ । आफन्तजनहरु सँग टाँढा भएको अनुभब रहन सक्नेछ । सामाजिक कार्यमा समय ब्यतित हुनेछ ।
सिंह राशि : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नँया कार्यको थालनि गर्न उत्तम समय रहेकोछ । आर्यआर्जनका बिभिन्न श्रोतहरु फेला पर्नेछन । रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित रहनेछ । प्राकृतिक श्रोत साधनको प्रयोगमा मन रम्नेछ । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । प्रतिपक्षीहरु सबल रहनेछन ।
कन्या राशि : टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मान्यजनहरुको साथ सहयोग द्वारा रोकिएर रहेका कार्य सम्पादन गर्न सहजता रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । कार्यप्रतिको लगनसिलताको कदर हुने योग रहेको छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहला ।
तुला राशि : र,रि, रु, रे, रो, ता, ति, तु, ते
धार्मिक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । तपाइको कार्यको श्रेय अन्य ब्यत्तिहरुलाइ प्राप्त हुनाले कार्य प्रतिको लगनसिलतामा कमि आउन सक्नेछ । नयाँ मित्रजनहरु सगँको भेटघाटको सम्भाबना रहेकोछ । आटँ र शाहसमा बृद्धिहुनाले कार्य सम्पादनमा सहजता रहनेछ ।
बृश्चिक राशि : तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ क्षेत्रमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजन बिच वादविवादको झमेलाले सताउन सक्नेछ । गरीरहेको कार्यको त्रुटीका कारण मानसिक तनाबको सामना गर्नु पर्ने योग रहेकोछ । भोजभतेरजन्य कार्यमा सरिक हुने अवसर जुट्नेछ ।
धनु राशि : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पारीवारिक साथ सहयोग द्वारा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । खानपानका जन्य क्षेत्रमा सामान्य खर्च गर्नु पर्नेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । स्थीर क्षेत्रमा लगाईएको लगानि उत्तम साबित हुनेछ ।
मकर राशि : भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामाजिक कार्यका क्षेत्रमा समय ब्यतित गरेमा दिन उत्तम रहनेछ । प्रतिश्पर्दीहरु सबल रहनाले कार्य सम्पादनमा बिशेष साबधान रहनु पर्नेछ । सामान्य चोटपटकको सम्भाबना रहेकोछ । अरुको प्रशन्नताका निम्ती सामान्य खर्चको समभाबना रहेकोछ ।
कुम्भ राशि : गु, गे, गो, सा, सि, सु, से, सो, द
अधिक परीश्रम पश्चात अध्यन अध्यनपनका क्षेत्रमा समय ब्यतित रहनेछ । अग्रज ब्यत्तित्व हरुको अनुशरणको सुयोग प्रात्त हुनेछ । आर्य आर्जनका मनग्य श्रोतहरु फेला परेताापनि शारीरिक आलस्यतको कारण सामान्य समस्या उत्पन्न हुनेछ ।
मीन राशि : दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पारीवारिक साथ सहयोग मनग्य प्राप्त हुनाले मन प्रशन्न रहनेछ । अधुराकार्य सम्पादन गर्न समयले साथ दिएकोछ । मान सम्मान प्राप्तीको योग रहेकोछ । सबारी साधन तथा भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । आम्दानि मध्यम रहनेछ ।
















