सउल्, कोरिया।
लुम्बिनी विश्वशान्ती मन्च र कोरियाको नेपाली विध्यार्थी समाज (सोनसिक) ले संयुक्त रुपमा लुम्बिनी विश्वशान्ती चित्र प्रदर्शनीको आयोजना गरेका छन ।

कोरियाका लागि नेपाली राजदुत महामहिम अर्जुन जङबहादुर सिंह बाट सउल स्थित नेपाल हाउसमा गरिएको उक्त प्रदर्शनीको उदघाटन गरिएको थियो । उदघाटन समारोहमा राजदूतले २१ औं शताब्दीमा बुद्ध र विश्वशान्तीको महत्वबारे आफ्नो धारणा राख्नुभएको थियो । साथै, लुम्बिनी विश्वशान्ती मन्च र सोनसिकले बृहत्तर उद्देश्य प्राप्तिका लागी कोरियामा आयोजना गरिएको उक्त प्रदर्शनि निकै समय सान्दर्भिक भएको कुरा प्रष्ट पार्नुभयो ।

एन आर एन कोरियाका अध्यक्ष लक्ष्मी गुरुङको प्रमुख आतिथ्य र सोनसिक अध्यक्ष बिजय बस्नेतको अध्यक्ष्यतामा सो कार्यक्रमको उदघाटन गरिएको थियो ।

नेपाल र कोरिया का कलाकारहरुले उक्त प्रदर्शनीमा आफ्नो सहभागिता जनाएका थिए । अध्यक्ष बस्नेतले उक्त समरोहको समापन गर्दै वर्तमान परिवेशमा विश्वमा शान्तीको महत्व र बुद्धको भुमी नेपाल ले खेल्न सक्ने भूमिका बारे विचार राख्नु भएको थियो ।


















