भगवान पशुपतिनाथले सबैको कल्याण गरुन, कार्तिक २७/नोभेम्बर १३ को राशिफल

श्री शाके १९३९ बि. स. २०७४ साल कार्तिक २७ गते सोमबार इश्वी सन २०१७ नोभेम्बर १३ तारीख मार्गशिर्ष कृष्ण पक्ष दशमी तिथी १५ः ११ बजे सम्म पश्चात एकादशी चन्दमा सिहं राशिमा सूर्य दक्षीणायन शरद ऋतु गुह्येश्बरी यात्रा – ज्यो . पं . सरोज घिमिरे,।

मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अध्ययन अध्यापनको क्षेत्रमा समय उत्तम रहनेछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा गरीएका कार्यहरु बाट प्रस्शत लाभ मिल्नेछ । सामान्य संधर्ष पश्चात आम्दानिका मनग्य श्रोतहरु फेला पर्नेछन । स्वास्थमा सामान्य समस्या उत्पन्न हुनेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ ।

बृष राशि : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

पारिवारीक साथ सहयोग प्राप्त रहनाले कार्य सम्पादनमा सहजता रहनेछ मिल्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या उत्पन्न हुनेछ । सामाजिक कार्यमा अग्रसरताको योग बन्नेछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । आत्म सम्मानमा आघात पुग्नेछ ।

मिथुन राशि : का, कि, कु, घ, ङ, छ, के, को, ह

मित्रहरुको साथ सहयोग द्वारा अधुरा कार्यहरु सम्पादन हुनेछन । यात्रा मनोरञ्जन पुर्ण ब्यतित रहला । आत्म बिश्वासमा वृद्यिहुनाले हर क्षेत्रमा प्रशंसित रहिनेछ । तपाईको कार्य पुर्णताको श्रेय गैर ब्यत्तिहरु लाई प्राप्त रहनाले कार्य प्रतिको रुचिमा ह्रास आर्ए पर्न सक्नेछ ।

कर्कट राशि : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

वाणीको प्रभाबताका कारण ईष्ट मित्रहरुको साथ सहयोगमा वृद्यि हुनेछ । खानपानमा भने बिशेष ध्यान पुयर्नउनु पर्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेकोले बिशेष साबधानी अपनाउनु पर्नेछ । स्थीर क्षेत्रमा गरीएको लगानिको उत्तम प्रतिफल प्राप्त होला ।

सिंह राशि : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अध्यन अध्यापनमा रुचि जाग्नेछ । रोकिएर रहेका कार्य सुचारु गर्न राम्रो समय रहेको छ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायको साजेदारीमा भने समान्य असमन्जसता उत्पन हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

कन्या राशि : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मान प्रतिष्ठामा आचँ आउन सक्ने सम्भाबना रहेको छ । प्रतिस्पर्दिहरुको बृद्धि हुनाले कार्य सम्पादनमा बिषेश ध्यान पूर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भाबना रहेको छ । आकस्मीक खर्चको सामना गर्नु पर्नेछ ।

तुला राशि : र,रि, रु, रे, रो, ता, ति, तु, ते

आय आर्जनका लागी नयाँ आम्दानिका श्रोत हरु फेला पर्नेछन । साजेदारी ब्यवसायमा मनग्य लाभ मिल्नेछ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । अरुको कार्य लापरबाहि को प्रतिफल तपाईलाई आईपर्न सक्नेछ ।

बृश्चिक राशि : तो, ना, नि, नु, ने, नो, या, यि, यु

ब्यापार ब्यवसायमा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । जिबन साथिको सहयोगमा गरीएका कार्य बाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ला । शारीरिक आलस्यताले सताउनेछ ।

धनु राशि : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ । अधिकआत्मबिश्वासका कारण सामान्य बादबीबादको सामना गर्नु पर्नेछ । मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ ।

मकर राशि : भो, ज, जि, खि, खु, खे, खो, गा, गि

खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । धृष्टता पुर्ण बाणीका कारण निकटतम ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ ।

कुम्भ राशि : गु, गे, गो, सा, सि, सु, से, सो, द

मानसिक चन्चलताका कारण सम्पादनउन्मुख कार्यमा ढिलाईको सामना हुन सक्नेछ । वाणीमा देखिएको तिक्तताका कारण सामान्य बादबिवादको चपेटामा फसिएला । खानपानको गढबडिले गर्दा स्बास्थका श्रेत्रमा सामान्य झन्झट देखा पर्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

मीन राशि : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । प्रतिश्पर्दिहरु सवल रहनाले आत्मबिश्वासमा कमि महसुस हुनेछ । आकस्मीक खर्चको सामना गर्नु पर्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेकोले बिशेष साबधानी अपनाउनु पर्नेछ । शारीरिक आलस्यताले सताउनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार