डा सुवेदीको पहलमा एक नेपाली महिला पोल्यान्ड अध्यागमन जेलबाट रिहा

केहि दिन अघि पोल्यान्ड नेपालमा यहि घटना सित सम्बन्धित समाचार प्रकाशित भएको थियो । तिनै महिला उर्मिला ( नाम परिवर्तन उनैको आग्रह अनुसार नाम परिवर्तन गरिएको छ अरु घटना भने सबै यथार्थ हुन् ) केहि दिन जेलको बसाइ पछि पोल्यान्ड अध्यागमन बिभागले नेपाल फिर्ता पठाउने भएको छ ।

यसबारेको घटनाको सत्य तथ्य बुझ्दै र उनलाई सहजीकरण गर्दै बिशेश सहयोग गरेको खबर एन आर एन ए पोल्यान्ड संरक्षक डा बोधराज सुवेदीले पोल्यान्ड नेपाललाई दिए ;

उनि पोल्यान्ड वा शेन्जेन कुनै पनि भिजा नलिएर जर्मनी बाट पोल्यान्ड आउँदा पोल्यान्डको अध्यागमन विभागले अक्टोबरको पहिलो हप्ता पक्डेर जेल चलान गरेको थियो ।

उनलाई अङ्ग्रेजी र पोलिश पनि केहि आउदैनथ्यो । उनी एक्लै बिना भिजा जर्मनिको बाटो भएर पोल्यान्ड प्रवेश गर्ने क्रममा पक्राउ परिन् । उनि अङ्ग्रेजी भाषा र पोलिश भाषा केहि बोल्न न आउने हुदा भाषा समस्या पर्न गयो । भाषाको साथै स्वास्थ्य समस्या भएको पनि डा सुवेदीले पोल्यान्ड नेपाललाई जानकारी गराएका छन् ।

उनि जेल गैसकेपछी भाषा सहजीकरणको सहयोगी काम डा सुबेदीले गरे ।

वारसवा पोलिश बोर्डर गार्डलाई नेपालीमा उल्था गरिदिएर जेलबाट ती महिलालाई छुटाउन डा सुवेदीले उल्लेख्य भुमिका खेले ।

उनलाई नेपालको लागी निशुल्क टिकट व्यवस्थापन गरिदिदै ।उनि ( उर्मिला नाम परिवर्तन )नेपाल फर्किन लागेकी छन् ।

यस बारेमा पोल्यान्ड नेपालले डा सुबेदीलाई फोनमा कुरा गरेर बुझ्ने प्रयास गर्दा सुबेदीली भने

” कुनै नेपाली पोल्यान्डको जेलमा गैसकेपछी उसको लागी सहजिकरण गर्नु र आफ्नो व्यस्तताको वावजुद समय मिलाउनु धेरै गार्हो काम हो र नेपाल एम्बेस्सी जर्मनी र अनि सम्बन्धित परिवार सबैको अनुरोधलाई स्वीकार गर्दै मानवीय दायित्वको बोध गर्दै उनलाई जेल बसाइराख्नु भन्दा सहजीकरण गरिदिएर उनलाई सहयोग गरेको थिए ।

डा सुबेदिले गरेको सहयोग प्रति ती नेपाली महिलाले आभार प्रकट गरेकी छिन् ।

उनलाई जेलबाट छुटकारा दिलाउन पहल गरे पछि नेपालबाट परिवार सदस्यले एवं उनकी दाजुले जर्मनीबाट उहाँको सहयोगमा चाडैं काम भएकोमा डा सुबेदिलाई हार्दिक आभार प्रकट गरेका छन् ।

स्मरण रहोस् यस कार्यको लागी नेपाली दूतावास जर्मनीले पनि बोधराज सुबेदी लगायत पोल्यान्ड नेपाललाई पनि सम्पर्क गरेर सहजीकरण गर्न अनुरोध गरेको थियो । उसैको जानकारी अनुसार पोल्यान्ड नेपालले केहि समय अगाडि पनि समाचार प्रेषित गरेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार