पोल्यान्डको २०१७ मा न्युनतम ज्याला २००० ज्लोटी झन्डै रु ५७००० रहेको छ ।
पोल्यान्डको न्युनतम मासिक ज्याला दर २०१७ भन्दा अघि १८५० ज्लोटी थियो भने २०१७ देखी पोल्यान्डको मासिक ज्यालादर २००० ज्लोटी झन्डै ५७ हजार नेपाली रुपैयाँ रहेको छ ।
स्मरण रहोस्
यहाँको घन्टाको १० ज्लोटी पाउनु भनेको २.५ युरो भन्दा कम पैसा हो ।

पोल्यान्डमा औसत कामदारहरुको औसत कमाई घन्टाको २ देखि ३ युरो हो ।
पोल्यान्डका धेरै जसो शिक्षित युवाहरू अवसरको खोजिमा बेलायत नर्वे क्यानाडा अमेरिका गएकोले पोल्यान्ड सरकारले चिन्ता व्यक्त गरेको छ ।
यहाँको श्रम बजारलाई युक्रेनिहरुले धेरै हदसम्म पुर्ती गर्दै गएकोमा युक्रेनिहरुलाई पनि अन्य देशहरुले श्रमको ढोका खोलेकोले पोल्यान्ड श्रम बजारमा कामदारहरुको आवश्यक परेको र यहीँ निहुमा दलालहरु सोझासिधालाई फसाएर लाखौ असुल गर्दै सपना बेच्न सक्छन् अत; कामदार ल्याउने हो भने नितिअनुसार नियम अनुसार कामदार ल्याउनु नराम्रो होइन तर आधिकारिक विनाको बिचलिया दलालको भरबाट महिनाको २ लाख , ३ लाख सपना देखेर आउदा र सुनेको पढेको बिज्ञापन र यहाँको वास्तविकता फरक देखेपछि वास्तविकता र सपना फरक भएपछि समस्या आफै भोग्नु अवश्य पर्छ । पोल्यान्ड सरकार र नेपाल सरकार बिच कामदारहरुको बारेमा ठोस निति तयार हुन जरुरी भएको जानकारहरु बताउछन् ।
(अर्को जानकारी पोल्यान्डबाट डिप्रेसन भएर को को फर्के त्यो बारेमा जानकारी अर्को समय यथार्थ जानकारी नाम फरक हुनेछ किन कि ती सबै नेपाल छन् उनिहरु आफ्नो वास्तविक्ता भन्न चाहन्छन तर नाम प्रकाशित गर्न चाहदैनन् उनको आत्मनिर्णयको सम्मान पोल्यान्ड नेपालले गर्दछ तर सामाजिक पाटाहरु भने अगाडि ल्याउदछ । तपाइहरुका भोगाइहरु दिन सक्नुहुनेछ हामिले तपाइले आफ्नो नाम नचाहेमा कुनै काल्पनिक नामबाट प्रकाशित गर्नेछौ । ”
















