पशुपति नाथले सबैको रक्षा गरुन, ३० कार्तिक/नोभेम्बर १६ को राशिफल

श्री शाके १९३९ बि. स. २०७४ साल कार्तिक ३० गते बिहीवार इश्वी सन २०१७ नोभेम्बर १६ तारीख मार्गशीर्ष कृष्ण पक्ष त्रयोदशी तिथी चन्द्रमा तुला राशिमा सूर्य दक्षीणायन शरद ऋतु पशुपतिनाथ हलेशी महादेव लगायत सम्पुण शिवालय र तिर्थहरूमा शिवमेला विश्वदर्शनशास्त्र दिवस – ज्यो.प.सरोज घिमिरे ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आय आर्जनका क्षेत्रमा जिबन साथीको साथ सहयोग प्रशस्त प्राप्तहुनेछ । नयाँ ब्यापार ब्यवसाय सुरु गर्न उत्तम समय रहेकोछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने समय रहेको छ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित हुनेछ । मान सम्मानमा सामान्य ठेस पुग्न सक्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

स्वास्थ क्षेत्रमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । तपाईको कार्यको श्रेय अन्य ब्यत्तिहरुलाई सहज रुपमा प्राप्त हुनेछ । यात्राका कारण अनाबश्यक खर्चको सम्भाबना रहेको छ । प्रतिस्पर्दा मुलक कार्यका क्षेत्रमा तथा सामाजिक कार्यमा तपाई अग्रता उत्तम साबित हुनेछ । मानसिक तनाबको सामना गनु पर्न सक्छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

बौधिक ब्यत्तित्व हरुसगँको भेटघाटले मन प्रशन्न हुनेछ । अध्यन अध्यापनका निम्ती उत्तम समय रहेकोछ । साजेदारी कार्यमा भने सजग रहनु पर्ने समय रहेकोछ । ब्यापार ब्यवसायको क्षेत्र बाट मनग्य लाभ प्राप्त हुने समय रहेकोछ । प्रेम सम्बन्धमा भने सामान्य तनाबको स्थीति देखा पर्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

स्थिर साधनको क्षेत्रमा लगानि गर्ने उत्तम समय रहेकोछ । सबारी साधको प्रयोगमा साधारण समस्या उत्पन्न हुन सक्नेछ । पारीवारिक साथ सहयोग मार्फत नयाँ कार्य प्रारम्भको योग रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने समय रहेकोछ । मानसम्मान प्राप्तीको सम्भाबना रहेकोछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रतिश्पर्धा मुलक कार्यमा तपाई अब्बल रहनु हुनेछ । शुभ चिन्तकहरुको प्रयाप्त साथ प्राप्त हुनाले कार्यसम्पादनमा सहजता रहनेछ । पराक्रममा बृद्धि हुनेछ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहला । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

लेनदेन सम्बन्धी कार्यमा बिशेष सजग रहनु पर्ने छ । बादबीवाद को झमेलामा फस्न सक्ने सम्भाबना रहेको छ । तपाईको बाणीकोगलत अर्थ लाग्न सक्छ बोल्दा होशपूर्याउनु होला । प्रियजनको स्वास्थमा सामान्य खराबि आउनाले मानसीक समस्या आईपर्न सक्नेछ । सामान्य यात्राको योग रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । स्वास्थ सम्बन्धि समस्या ले सताउला । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । मित्रजन तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । प्रेमी प्रेमीका बिचको सम्बन्धमा केहि सुधार आउने छ । सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । आर्थीक क्षेत्र मध्यम रहनेछ । प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ । पतिपक्क्षीहरु सबल रहनाले कार्य सम्पादनमा झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

शारिरीक आलस्यताले सताउला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । सामान्य कार्यमा ज्यादा समय ब्यतित हुनसक्नेछ । परोपकारको क्षेत्रमा धेरै समय र परीश्रम खर्च हुन सक्छ । मान्यजनको अनुसरण बाट बिशेष लाभ प्राप्त हुने समय रहेको छ । दाम्पत्य शुखमा सामान्य खराबि आउन सक्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ । साधारण यात्राको सम्भाबना रहको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अरुको दबाबको अनुभब हुन सक्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । बोलिको कारण कुलकुटुम्ब सगँको सम्बन्धमा तिक्तता पैदा हुन सक्ला । तपाईको कार्यको फल अरुलाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुनेछ । खानपानमा ध्यान दिनु होला ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार