एजेन्सी । हिन्दू धर्ममा मन्दिरलाई घरको आत्मा मानिन्छ किन भने घरमा जति पनि सकारत्मक उर्जा आँउछ त्यो सबै मन्दिरको कारणले नै आउँछ। अत शास्त्रका अनुसार मन्दिरसँग सम्बन्धित केहि नियम छ जुन हामीलाई विशेष ध्यानमा राख्नुपर्छ। वास्तु शास्त्रमा घरको पूजा कोठालाई निकै नै महत्व दिईन्छ। त्यसैले घरको पुजा कोठामा कस्तो खालको मुर्ति राख्नु राम्रो हुन्छ।
यि तीन मुर्ति घरमा राख्दा लक्ष्मीको वास हुन्छ :

यस्तो विश्वास गरिन्छ कि सर्ब प्रथम भगवान श्री गणेश जीको मूर्ति घरमा राख्नु अति राम्रो मानिन्छ। त्यसैले गणेश जीको कृपा घरमा बनाई राख्नका लागि गणेश जीको मूर्ति घरको यस्तो ठाँउमा राख्नु पर्छ जहाँबाट गणेश जीको दृष्टी मुख्य द्वारमा सधै परिरहोस् । मुर्ति या फोटो मुख्य द्वारको ठिक अगाडी लगाउनु राम्रो मानिन्छ। गणेश भगवानको मुर्ति कहिल्यै पनि घरबाट बहिर राख्नु राम्रो मानिँदैन।
हनुमान जीलाई कलियुगका सबैभन्दा शक्तिशाली मानिन्छ। जहाँ बजरंगबलीको वास हुन्छ त्यहाँ कहिल्यै पनि दुष्ट तागतले प्रवेश गर्न सक्दैन। यसका साथै पन्चमुखी बालाजीको मूर्तिया तस्वीर घरको दक्षिण पूर्व र दक्षिण दिशाको बीचमा हनुमानको मुख दक्षिण दिशा तिर फर्काएर राख्नु फलदायी मानिन्छ।
















