प्रेम शरीर सँग होइन मनसँग गरिन्छ। यो भनाई चरितार्थ गरेर देखाएका छन्, भारतका सरोज साहू र प्रमोदिनी राउलले।भनिन्छ,जसको माया साँचो छ उसलाई कसैको रुप र धनको महत्व हुँदैन,तर अहिलेको जस्तो स्वार्थी समाजमा यस्ता मानिसहरु भेटिन गार्हो छ। स्वार्थी समाजमा सरोज कुमार साहू अपवाद नै हुन् भन्दा हुन्छ।
प्रमोदिनी महज १५ बर्षकी थिइन्,एकदिन उनलाई अर्ध सैनिक बलका एक जवानले विहेको लागी प्रस्ताव गरे। प्रमोदिनीले उक्त सैनिकको प्रस्तावलाई अस्वीकार गरिदिइन्।आफ्नो प्रस्ताव अस्वीकार गरेपछि रिसाएका उक्त व्यक्तिले प्रमोदिनी माथी एसिड आक्रमण गरे। एसिड आक्रमणमा परेर प्रमोदिनीको दुवै आँखा गुम्यो र अनुहार कुरुप बन्न पुग्यो।

एसिड आक्रमणपछि धेरैजसो समय अस्पतालमै रहन्थीन् प्रमोदिनी।उनको अनुहारको सर्जरी गर्न डाक्टरले उनको खुट्टाको मासुको प्रयोग गरे। एकपटक आधा उपचार पछि उनलाई अस्पतालबाट डिस्चार्ज गरियो,जसको कारण उनको खुट्टामा इन्फेक्सन हुन पुग्यो। खुट्टाको उपचारको लागी उनी फेरी अस्पताल पुगिन् । अस्पतालमा उनको परिचय एक युवक सरोज कुमार साहू सँग हुनपुग्यो, उनी अस्पतालको नर्सको साथी थिए।
अस्पतालका डाक्टरहरुले प्रमोदिनीकी आमालाई प्रमोदिनी हिडडुल गर्न चार बर्ष लाग्ने कुरा बताए।डाक्टरको कुरा सुनेर प्रमोदिनीको धैर्यको बाँध टुट्यो र रुन थालिन्।
रोइरहेकी प्रमोदिनीलाई सरोजले भरोसा दिए र उनलाई सम्झाए।यसै क्रममा उनीहरु बिच फोन नम्बर आदानप्रदान भयो सरोज प्रेमोदिनीलाई भेट्न दिनहुँ अस्पताल जान्थे, सरोजले प्रेमोदिनीको लागी आफ्नो जागिर समेत छोडेर दैनिक आठ घण्टा उनको सेवा गर्न थाले।एकदिन सरोजले प्रमोदिनीलाई प्रेम- प्रस्ताव गरे र उनैसँग बिहे गर्न चाहेको कुरा बताए।
अहिले प्रेमोदिनी र सरोज दिल्लीमा सँगै बसिरहेका छन् र चाँडै उनीहरुले विहेको गर्ने योजना बनाएका छन्।प्रेमोदिनीले भनिन्- ‘सरोजले मलाई रानीको जस्तै गरेर राखेको छ। म जस्ती छु त्यस्तै अवस्थामा उसले मलाई प्रेम गरेको छ र उसले सधैँ खुशी रहेर जिन्दगी बाँच्न मलाई प्रोत्साहित गरिरहेको छ।’
















