रक्सी र नसाको कुरा गर्दा धेरैले अभिताभ बच्चनको सराबी फिल्म नै सम्झने गर्छन्, ‘लोग कहेते हैँ मै सराबी नही हुँ, किसी ने पिलाया तो मै क्या करुँ …।’
यो गीतमा अभिताम साँच्चिकै जँड्याहा लाग्छन्। तर, धेरैलाई थाहा नहुन सक्छ, अभिताम रक्सी त के मासु पनि छुँदैनन्।

तर पनि उनले सो सिनेमामा साँच्चिकै जँड्याहाको अभिनयमा जीवन्तता दिएका छन्। हिन्दी सिनेमाका धेरै गीतहरुमा रक्सी पिइएको दृष्य देख्न पाइन्छ। चाहे त्यो देवदास होस् या भर्खरै रिलिज भएको सिरियल किसर इमरान हासमी र सनी लियोनीको हट आइटम नम्बर ‘पिया मोरे’नै किन नहोस्!
रक्सी पिएको सिनमा देखिनको लागि बलिउडका केही कलाकारले साँच्चिकै रक्सी पिउँछन् त केही चाहिँ अभियनमै सिमित हुन्छन्।
रोचक कुरा त के छ भने, ‘राजा हिन्दुस्तानी’ फिल्मको एक गीत ‘तेरे इस्कमे नाचेँगें…. मरेंगें..’ मा वास्तविकता ल्याउनको लागि बलिउडमा हाल ‘मिस्टर पर्फेक्सनिष्ट’ को रुपमा चिनिने आमिर खानले एक बोत्तल भोड्का रित्याएका थिए।
१९९६ मा आएको यो ब्लकबष्टर फिल्मको निर्देशन धर्मेश दर्शनले गरेका थिए भने त्यसमा करिष्मा कपुर नायिका थिइन्।
सो सिनेमामा करिष्मा र आमिरको ‘लिपलक’को पनि धेरै नै चर्चा भएको थियो। एजेन्सी
















