खेलकुद परिषदका पदाधिकारी मानवतस्करीमा । ईन्स्योरेन्स कम्पनि भन्छ खुट्टा काटे मात्र पैसा दिन्छौ !

भाषणपत्र हो कि ज्ञापन पत्र हो भनेर थाहा नहुने प्रधानमन्त्री देउवाले देशको रक्षा गर्न सक्दैनन

निर्वाचनको समय नजिक आउदै गर्दा बढ्दो बम बिष्फोटन लगायत हिंसाको घटनालाई रबि लामिछानेले यसरी बेजोड रुपमा उठाएका छन् जहाँ कांग्रेस , एमाले , माओबादी लगायतका दलकालाई सांकेतिक रुपमा कठोर विरोध गर्दै नेपालको हुने निर्वाचनलाई बिथोल्न नेपालको दुष्ट छिमेकि नै लागेको संकेत गर्दै आरोप नै लगाएका छन् ।


निर्वाचनको मुखमा देशभरी उमेदवारलाई लक्षीत गरी बम बिस्फोट गराइएको छ । जताततै भयको वातावरण श्रृजना गर्न खोजीएको छ। तर दुखको कुरा यो मुलुकमा हुन गइएरहेको ऐतिहासिक चुनावको बेला देशमा गृहमन्त्री नै छैनन् । तपाई भन्नु होला प्रधानमन्त्री देउवा नै गृहमन्त्री पनि हुन ।

खल्तीमा भएको कागज भाषणको हो कि ज्ञापन पत्र हो थाहा नहुने,अझ भएको मााइकमा भाषण कस्ले लेखेको भनेर सोध्ने प्रधानमन्त्रीज्युबाट गृहमन्त्रालयको थप भार कसरी सम्हालिएला ? सुन्दा चित्त दु:खेको हो भने त्यस्तो सानो चित्तलाई फराकिलो पार्नुहोस ।

त्यसमाथि दैनिक बम पड्काएर मतदातालाई तर्साउन खोज्नेहरुलाई यसरी नै छाडा छोडी दिने ? भोट हाल्न जानेले पुर्णरुपमा सुरक्षित महशुस गर्नु परेन ? यो इराक हो ? अफगानस्तान हो, सिरीया हो ? क्रान्तिको नाउमा बम पड्काउने कामलाई आतंकवाद भनिन्छ । यस्ता कृयाकलाप गर्नेलाई आतंकवादी भन्न नसकिने ? भारतले नाकाबन्दी गरेर जनजिवन कष्टप्रद बनाइ दिदा त्यसलाई भारतले गरेको नाकाबन्दी भन्न न सक्ने । क्या गज्जब र क्या डर छेरुवाहरुको झुण्ड छ राजनितिमा ।

देश भर उमेदवारलाई लक्षित गरी बम पड्काउने र मान्छे मार्न खोज्ने मानिस र समुहलाई आतंकवादी भन्न नसक्ने ? जनता निर्धक्क भएर आफ्नो मताधिकारको प्रयोग गर्न चाहान्छन् तर सरकार यो के तमासा हो ?

चुनाव विथोल्न चाहने शक्तिहरुको बारेमा सरकारलाई थाहा छैन ? छैन भने गृहमन्त्रालयले यत्तिका धेरै इन्टेलीजीन्स किन पालेको ? सुनिन्छ केही दुष्ट छिमेकीहरु र रुष्ट मित्र राष्ट्रहरुलाई यो देशमा चुनाव भएको मन परेको छैन रे कतै बम पड्काउनेहरु यिनै दुष्ट र रुष्टहरुको पैसामा त चलिरहेको छैनन ?

यो मुलुकको सुरक्षा व्यवस्था त्यति कमजोर पनि छैन कि २ /४ जना गुच्चा खेल्ने उमेरका फुच्चाहरुले प्रेसर कुकर बोकेर पड्काउँदै हिड्दा पनि मुलुकको प्रहरी र सेना बुट बजारेर मात्र बसोस । मुलुकको शान्ति , स्थायित्व विकास र परिवर्तन चाहने हर कोहिको मनको आवाज हो यो । सायद तपाईको क्रान्तिको अन्तिम लक्ष्य पनि यहि होला त्यसैले महान क्रान्तिकारीज्युहरु , प्रेसर कुकरहरु दालभात तरकारी पकाउन मात्र प्रयोग गरौँ, जनता थाके हजुर । जनता बुलेट होइन व्यालेट चाहन्छन् ।

आजको बेजोड भाग

नेपालमा खेलको किन बिकास हुदैन भने खेलकूद परिषदका सदश्य नै मान्छे बिदेश पठाउने खेलमा सकृय छन्। पैसा आउने खेल छोडेर पदक आउने खेल को खेल्छ ?

खेलकुद परिषदका पदाधिकारी मानवतस्करीमा । ईन्स्योरेन्स कम्पनि भन्छ खुट्टा काटे मात्र पैसा दिन्छौ !

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार