बाबुरामलाइ भेट्न नायिका करिश्मा , अर्बपति बिनोद चौधरी र शसांक कोइराला किन गए गोर्खा ?


लीलाधर कोइराला

गोरखा– नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले लोकतन्त्रले जित्न आसन्न निर्वाचनमा आफू र लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने बताएका छन्।   

पालुङटार नगरपालिकामा शनिबार आयोजित लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभामा नेता भट्टराईले विपक्षी वाम गठबन्धन मानसिक रुपमा पराजय भइसकेकाले आफू विरुद्ध भ्रम फिजाउँदै हिँडेको आरोप लगाए।

‘अहिले विपक्षीहरुले बाबुरामले जनयुद्धमा हुँदा कांग्रेसका धेरै कार्यकर्तालाई मारेको भन्दै भोट बिगार्दै हिँडेका छन्’, उनले भने, ‘फलेको रुखमा सबैले झटारो हान्छन्, अहिले म माथि त्यही भइरहेको छ।’  

मार्क्सवादले देशको आर्थिक र सामाजिक विकास गर्न नसक्ने भन्दै माओवादी केन्द्र र एमालेले जनतामा भ्रम छर्दै हिँडेको उनको भनाइ थियो। 

नेता भट्टराईले भने, ‘अहिले  हिन्दु धर्ममा गायत्री मन्त्र घोटाए जस्तै वामपन्थीले पनि जनतामा मार्क्सवादको झुटो मन्त्र बाँड्दै हिँडेका छन्। माओको पालाको मार्क्सवाद अहिले पुरानो भइसक्यो, त्यसले अहिलेको नेपालको समृद्धिको कल्पना पनि गर्न सकिँदैन।’

अहिले केही बौद्धिकहरु वामपन्थीको बहानामा आफूलाई हराउन अग्रसर भएको भन्दै भट्टराईले मतदातालाई एक पटक गम्भीर  भएर सोच्न आग्रह समेत गरे। आफूले पिएचडी गर्दा गोरखाको ग्रामीण विकासलाई विषय बनाएको सन्दर्भ जोड्दै उनले गोरखाको विकास अरुबाट सम्भव नरहेको जिकिर समेत गरे। 

नेता भट्टराईले गोरखाको देउरालीमा औद्योगिक  क्षेत्रको स्थापना गरी युवाहरुलाई रोजगारीको सिर्जना गर्ने बताए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार