गोरखा – पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले आफ्ना स्कुले साथी बरिष्ठ चिकित्सक डा उपेन्द्र देवकोटालाई भावुक जवाफ फर्काएका छन् । गोरखाको पालुङटारमा आयोजित चुनावी सभालाई सम्वोधनगर्दै भट्टराईले चोरबाटोबाट हिड्नेले अरुलाई आरोप लगाउनु लाजमर्दो भएको उनले बताए ।

‘मेरा सहपाठी डा देवकोटाबारे केही भन्नु छैन, तपाई मेरो क्लासको सेकेण्ड स्टुडेण्ट, तपाइजस्तो प्रतिष्पर्धी नभएको भए म सायद बोर्ड फष्ट हुने अबसर पाउदिनथे होला’ आफ्ना गुरुले सुनाएको संस्कृतको श्लोक सुनाउदै भावुक श्वरमा भट्टराईले भने, ‘मेरा बिरोधी सधै बाचिरहुन्, तपाइको जय होस, तर चोरबाटोबाट राजाको सरकारका गउजस्तो होइन, बाटोबाट हिडनु होला ।’ देवकोटाले आरोप लगाएपनि आफूलाई गोरखाली मतदाताले न्याय दिनेमा विश्वस्त रहेको उनले बताए ।
यसअघि बिहीवार गोरखामा आयोजित वामपन्थी सभालाई सम्वोधनगर्दै देवकोटाले भट्टराईलाई आरोप लगाएका थिए । ‘फलेको रुखमा सबैले झटारो हान्छन, झटारो हानेपनि रुखले फर्काउदैन, उल्टै फल दिन्छ । म कसैलाई आरोप लगाउदिन ।’
















