काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुत्रशोक परेकै दिन नेपालले एकजना होनाहार साहित्यकारलाई गुमाएको छ ।

ओखलढुंगामा जन्मेर लामो समय धरान र काठमाडौंमा बसेका डा. कवितराम श्रेष्ठको आइतबार बेलायतमा अल्पआयुमै निधन भएको हो । क्यान्सर रोगबाट पीडित श्रेष्ठको आइतबार बेलायतस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको भतिज शिवजी श्रेष्ठले जनाएका छन् । श्रेष्ठ केहीबर्ष यता बेलायतमा बस्दै आएका थिए ।
अस्वीकृत अभियान, लुम्बिनी कपिलवस्तु दिवस जस्ता अभियान चलाएका डा. श्रेष्ठ पूर्वगृहमन्त्रीको सल्लाहकार समेत थिए । उनका कयौं कृतिहरु प्रकाशित छन् ।
















