टेनिस सुन्दरी मारिया सारापोभामाथि भारतीय प्रहरीको अनुसन्धान

नयाँ दिल्ली– रसियन टेनिस खेलाडी मारिया सारापोभा गैरकानुनी क्रियाकलापमा संलग्न भएको अभियोग लगाउदै भारतीय प्रहरीले छानविन थालेको छ।

प्रहरीले सरापोभामाथि लक्जरी आवास परियोजना गैरकानुनी रुपमा बन्द गरेको अभियोग लगाउदै अनुसन्धान अघि बढाएको हो। परियोजनाका लागि लाखौं डलर खरिदकर्तासँग लिएको प्रहरीको दाबी छ।

३० वर्षीय टेनिस सुन्दरी सारापोभा सन् २०१२ मा भारत आएकी थिइन्। त्यसबेला उनले आवास परियोजना सुरु गरेका थिइन्। परियोजनामा टेनिस एकेडेमी, क्लब हाउस र हेलिप्याड बनाउने भनिएको थियो। सारापोभाले आवास परियोजना सबैभन्दा पृथक हुने दाबी गरेका थिइन।

नयाँ दिल्लीमा बनाउने भनिएको उक्त आवास २०१६ सम्म सकिने बताइएको थियो। तर यो परियोजना अचानक स्थगित भएपछि उजुरी परेको थियो।

पैसा असुल गरेर काम नगरेको अभियोग दर्ता भएसँगै दिल्ली उच्च अदालतमा सुनुवाइ हुने भएको छ।

अभियोगको विषयमा सारापोभाले अहिलेसम्म केही बोलेकी छैनन्। पूर्व विश्व नम्बर एक टेनिस खेलाडी सारापोभा गत अप्रिल १५ महिनाको प्रतिबन्धपछि कोर्टमा फर्किएकी थिइन्। डोपिङमा असफल भएपछि उनीमाथि प्रतिबन्ध लगाइएको थियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार