शिक्षण अस्पताल महाराजगंजमा गएराती झडप भएको छ ।झपमा मा शिक्षण अस्पतालका सुरक्षाकर्मी रुद्र भण्डारी घाईते भएका छन् ।
अस्पतलमा उपचार गर्न आएका विरामीका कुरुवाहरुको मोटरसाईकल चोरी गरि रहेको अवस्थामा स्ुरक्षा कर्मी भण्डारीले देखे पछि प्रतिकार गर्न खोज्दा दोहोरो झडप भएको छ । हातहथीयार सहित आएका लुटेराहरुले भण्डारीमाथी आक्रमण गरेपछि भण्डारी बेहोस भएका थिए । झडपमा बेहोस भएका भण्डारीलाई अन्य सुरक्षाकर्मीहरुले आकस्मीक सेवामा लगेका थिए ।

भण्डारीको हाल अवस्था खतरामुत्त रहेको अस्पतालले जनाएको छ । अस्पताल परिसरबाटै विगतमा पनी बिरामी कुरुवाहरुको सवारीसाधन चोरिहुने गरेको बुझिएको छ । भण्डारीले अस्ताल परिषरबाटै चोरिएका ५ थान मोटरसाईकल ,१७ जना पकेटमारहरुलाई समेत पक्राउ गरि प्रहरीलाई बुझाएका छन् । बराबर यस्ता घटनामा वृद्धि भएपछि अस्पताल आउने विरामीका आफन््तहरुले सुरक्षा प्रति चासो देखाएका छन् भने सुक्षामा खटिएका भण्डारीलाई पटक पटक धम्कीसमेत आउने गरेको भण्डारीले बताए ।।
















