अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना भएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं ७ गनेरिबोटमा दुर्घटना भएको हो ।
सदरमुकाम सन्धिखर्कदेखि भुमिकास्थान नगरपालिका वडा नं ७ सलेन्धाराका लागि छुटेको ग १ ज ६०५७ नम्बरको जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा भुमिकास्थान नगरपालिका वडा नं ७ घोराखोरीका जिवराज चुँदाली, कविता विक, सीता रोका, मुना रोका, भुमिकास्थान नगरपालिका वडा नं ७ सलेन्धाराका जग बहादुर नेपाली, तुल्सा सारु, पार्वता विक, इश्वरा थापा, ज्ञानकला विष्ट, भगवता घम, कमला रायमाझी, मिना सारु, सुमकला घम र भुमिकास्थान नगरपालिका वडा नं ७ पाण्डाँडाकी वसन्ता रायमाझी रहेका छन् ।
ओरालो घुम्तिमा जिपको ब्रेक फेल भई भित्तोमा ठोक्किएर जिप बाटोमै पल्टिएको हो । दुर्घटना स्थलबाट घाइतेहरुलाई जिल्ला अस्पताल अर्घाखाँची ल्याइएको छ ।
















