भोट कसरी हाल्ने ? हेर्नुस् नमुना मतपत्र

कसरी हाल्ने ? हेर्नुस् नमुना मतपत्र

काठमाडौं– प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन आइतबार उच्च पहाडीसहित हिमाली क्षेत्रका ३२ जिल्लामा हुँदैछ। पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाको ७४ निर्वाचन क्षेत्र समावेश छन्।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले यस पटक तीन वटा मतपत्र बनाएको छ। प्रत्यक्षतर्फको प्रदेश र प्रतिनिधिसभाका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गरिएको छ। त्यस्तै, प्रदेश र प्रतिनिधिसभाको समानुपातिकतर्फ भने एउटै मतपत्र रहनेछ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि तयार गरिएको मतपत्रमा रहने निर्वाचन चिह्न र अन्य विवरण हरियो रङमा छापिएको हुनेछ ।

त्यस्तै, प्रदेशसभा सदस्य निर्वाचनको मतपत्र कालो रङको हुनेछ।

प्रदेश र प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपत्र भने एउटै रहनेछ। जसमा माथिल्लो भाग प्रतिनिधिसभा र तल्लो भाग प्रदेशसभाको लागि छुट्याइएको छ। यो मतपत्र रातो रङको हुनेछ।

त्यसपछि मतदाताले मतपत्र लिएर स्वस्तिक छाप लगाउने गोप्य स्थानमा गई कुनै एक उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठाभित्र मत दिनुपर्नेछ। त्यसपछि हरियो रङको स्टिकर टाँसिएको मतपेटिकामा खसाल्नुपर्नेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार