बाबुरामले पनि हाले भोट , कुन नेताको मतदान केन्द्र कहाँ ?

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गोरखाबाट आज मतदान गर्दै छन् ।

प्रतिनिधिसभा सदस्यका गोरखा–२ का उम्मेदवारसमेत रहेका भट्टराईले पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि, खोप्लाङ मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

भट्टराईसँग चुनावी प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारी मतदान केन्द्रबाट मतदान गर्र्दै छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणााले सिन्धुपाल्चोकबाट मतदान गर्दै छन् । सुनकोसी गाउँपालिका–२ को महेन्द्रोदय उच्च मावि मतदान केन्द्रमा पुगेर उनले मत खसाल्नेछन् ।

त्यसैगरी नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ नारायणी उच्च मावि केन्द्रमा मतदान गर्दै छन् । उनी ताप्लेजुङका एमाले उम्मेदवारसमेत छन् ।

नेपाली कांग्रेसका नेता डा. रामशरण महत र अर्जुननरसिंह केसीले नुवाकोटबाट मतदान गर्दै छन् भने सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक, कांग्रेस नेता बलबहादुर केसीले सोलुखुम्बु र युवा नेता रामहरि खतिवडाले ओखलढुंगाबाट मतदान गर्दै छन् ।

पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्य उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले रुकुम मुसिकोट नगरपालिका–५ स्थित यमुनानन्द नमूना उच्च माध्यमिक विद्यालयबाट मतदान गरेका छन् ।

त्यसैगरी माओवादीका नेता अग्नीप्रसाद सापकोटाले सिन्धुपाल्चोकबाट मतदान गरिसकेका छन् ।

नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठले गोर्खाको आरुघाट गाउँपालिकास्थित भीमोदय उच्च मावि मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

त्यसैगरी एमालेका नेता पृथ्वी सुब्बा गुरुङले लमजुङको बुद्धोदय मावि केन्द्रबाट मतदान गर्दै छन् । एमाले युवा नेता यज्ञराज सुनुवारले पनि ओखलढुंगाबाट मतदान गर्दै छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार