कतारमा गैरकानुनी रुपमा रहेका नेपालीहरुले आफ्नै देशबाट कानुनीरुपमा प्रक्रिया पुरा गर्न पाउने

काठमाडौं। नेपालीहरु रोजगारीको लागि विभिन्न देशहरुमा पुगिरहेका हुन्छन्। यो रहर नभएर बाध्यता रहेको छ। कति त अवैध रुपमा बसिरहेका हुन्छन्। तर अब कतारमा अवैध रुपमा बसेका (इलिगल) नेपाली कामदारले भने नेपालबाटै वैध बन्ने प्रक्रिया थाल्न सक्ने भएको छ।

कतार सरकारले गैरकानुनी रुपमा बसिरहेका विदेशी कामदारलाई आफ्नै देशबाट प्रक्रिया पुरा गरेर पुनः काममा फर्किन सक्ने सुविधा दिने निर्णय गरेका छन्।

पहिलो चरणमा यस्तो सुविधा पाउने नेपाल लगाएतका पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, इण्डोनेसिया, फिलिपिन्स र ट्युनिसियाका नागरिकले समेत यस्तो सुविधा पाउने भएको छ ।

यस्तो सुविधा दिने विषयमा कतारको गृह मन्त्रालय र सिंगापुरको एक निजी कम्पनीबीच सम्झौता भएको कतार न्युज एजेन्सीको समाचारमा उल्लेख गरेका छन् ।

सम्झौताअनुसार अवैध रुपमा कतारमा बसेकाहरुले आफ्नै देशमा मेडिकल चेकअप, बायोमेटि्रक रिपोर्ट र फिंगरपि्रन्टका काम पुरा गर्नेदेखि रोजगार सम्झौता समेत गर्न पाउने भएको हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार