बादरमुढे घटनाका पिडितहरुलाई माओबादीले भने तेरो टाउकोनै चुडालेर फालिदिन्छु ! भिडियो सहित

चितवनको माडीमा बाम गठबन्धनको चुनाबी सभालाई सम्बोधन गर्ने क्रममा पूर्व प्रधानमन्त्री पुष कमल दाहाल आउने थाहा पाएपछि बादरमुढेका जनताले कम्तिमा पनि प्रचण्डलाइ कालो झण्डा देखाएर मौन भएपनि बिरोध गर्ने कार्यक्रम बनाएका थिए।

त्यसोत प्रचण्ड संग आएका थुप्रै माओबादि कार्यकर्ता र नेपाल प्रहरीहरुले बादरमुढेका जनतालाई घर बाट हेर्न पनि नदिइ ज्यादती गरेको आरोप लगाएका छन् । घर नजिकै बाट गाडीमा मुन्टो लुकाएर प्रचण्ड कार्यक्रममा गएका स्थानीयले बताए । यामनाथ सुबेदीम मुक्तिनाथ न्युपाने र कृष्ण अधिकारीको घर घेरेर ज्यादती गरेको भन्दै उनीहरुले आक्रोस पोखेका छन्।

उनीहरुलाई चुनाब अघिनै टाउको चुडाल्ने सम्मको धम्कि दिदै माओबादि कार्यकर्ताहरु अघि बढेपछि उनीहरुलाई चुनाबको भन्दा पनि आफनी जिउको चिन्ता भएको फेसबुकको लाइभ भिडियो मार्फत जानकारी गराएका छन्। आफ्नो परिवारका सदस्यले समेत चिन्ता ब्यक्त्त गर्न थालेपछि घरनै छोडेर जाम भन्ने समेत आग्रह परिवारले गर्न थालेको उनीहरुको गुनासो छ।

आफु र आफ्नो परिवारलाइ सहज बाताबरणमा बाच्ने ब्यबस्था गरिदिन उनले आग्रह समेत गरेका छन्।

हेर्नुस भिडियो….

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार