यसरी बनाउन सकिन्छ घरमै “साधेको चिकेन”

कुखुराको मासु : आधा केजी

पेस्ट : २ चम्चा

अदुवा र लसुन : २ सय ग्राम
टिम्मुर : ४–५ दाना पिसेको

चिकेन मसला : आधा चम्चा

प्याज : एउटा

हरियो खुर्सानी : ५–६ वटा

धनियाँ : सजाउन

नुन : स्वादअनुसार

बेसार : आधा चम्चा

विधि

कुखुराको मासुलाई उसिनेर हड्डी निकाली एउटै आकारमा लाम्चो आकारमा काट्ने । त्यसमा अदुवा–लसुनको पेस्ट, टिम्मुर, चिकेन मसला एवं खुर्सानी हालेर मोल्ने । कागतीको रस, हरियो खुर्सानी एवं धनियाँ छर्किएपछि साँधेको चिकेन तयार हुन्छ । यो चिकेनलाई पुलाउमा हाल्ने । टमाटर उसिनेर पेस्ट बनाई गेडागुडी पकाएर त्यही पुलाउमा मिसाउने अनि खाने बेला दही मिसाउँदा अझ मीठो हुन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार