अस्ट्रेलियामा कुटम्बको क्रेज , विदेशीले पनि निक्कै रुचाए

– नारायण खड्का
पर्थ, अष्ट्रेलिया — सँधै फरक संगीत सुनिरहेका पश्चिम अष्ट्रेलियाका अष्ट्रेलियालीहरु नेपाली पाराको संगीत सुन्दा मख्ख परे । विहानैदेखि नेपालबाट आएको सांगीतिक ब्याण्ड कुटुम्बलाई सुन्न आएका उनीहरुले साँझसम्म पर्खेर उनीहरुको संगीतको मजा लिए ।

एनआरएन पश्चिम अष्ट्रेलियाले आयोजना गरेको नेपाल महोत्सवमा सहभागिता जनाउन आइपुगेका कुटुम्बका ६ सदस्यहरु विदेशी दर्शकहरुको उपस्थिती देखेर उत्साहित देखिन्थे। कुटम्बले करिब उनीहरुले करिब १ दर्जन परम्परागत नेपाली भाकालाई संगीतको माध्यमबाट प्रस्तुत गर्‍यो।

नेपाली भाका र धुन सुनेर विदेशीले भरपुर मनोरञ्जन लिएका थिए। ‘हामीले कुटुम्बलाई कार्यक्रममा बोलाएको मुख्य उद्देश्य समेत विदेशी दर्शकहरुलाई आकर्षित गर्नु नै थियो।’ कार्यक्रम संयोजक तथा पश्चिम अष्ट्रेलियाका अध्यक्ष दीपक शर्माले कान्तिपुरसँग भने।
फरक किसिमको संगीत प्रस्तुत गर्दै आएको कुटुम्बका सदस्यहरुले समेत आफ्नो संगीत सुन्न आएका दर्शकहरुलाई धन्यवाद मात्र दिदै नेपाली संगीतलाई माया गरिदिन आग्रह गरे। पश्चिम अष्ट्रेलियाको मुख्य पर्यटकीय स्थल एलिजाबेथ क्यूमा आयोजना भएको कार्यक्रममा घन्किएको नेपाली बाजा परपरसम्म सुनिएको थियो।

‘यस्तो संगीत आजसम्म हामीले महसुस गरेका थिएनौं।’ कार्यक्रममा सहभागी हुन आएकी मिसेल बसब्रिजले सुनाईन्। उनले नेपाली कलासंस्कृति मात्र नभएर संगीत समेत मनमोहक भएको सुनाईन्। करिब २ घण्टासम्म चलेको कुटुम्बको सांगितिक कार्यक्रममा विदेशीहरुले नाचेर साथ दिएका थिए। गीतभन्दा पनि नेपाली भाकाहरुलाई संगीतको माध्यमबाट प्रस्तुत गर्दै आएको कुटुम्बको विभिन्न राज्यहरुमा भएका यस पहिलेका कार्यक्रमहरुलाई पनि विदेशीहरुले मन पराएका थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार