पक्राउ परे ‘कृ’ का निर्माता सुवास गिरी , गीत चोरीको आरोप

काठमाडौं- ‘कृ’ फिल्मका निर्माता सुवास गिरी ‘सम्झना’ फिल्मको गीत चोरीको आरोपमा पक्राउ परेका छन्।

‘सम्झना’ फिल्मका निर्माता तथा निर्देशक शम्भु प्रधानले आफ्नो फिल्ममा रहेको गीत ‘उकालीमा अघि अघि’ बिना अनुमति प्रयोग गरेको र यसले आफ्नो प्रतिलिपी अधिकार हनन भएको भन्दै गिरीमाथि क्षतिपूर्तिको दाबीसहित अघिल्लो महिना उजुरी दर्ता गराएका थिए। आवश्यक सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

उनलाई मंगलबार साँझ महानगरीय प्रहरी परिसर काठमाडौंले सोधपुछका लागि भन्दै बोलाएको थियो। परिसरका एसएसपी विश्वराज पोखरेलले गिरीलाई आवश्यक अनुसन्धानका लागि परिसर मै राखिएको पुष्टि गरे। ‘गिरीलाई प्रतिलिपी अधिकार हनन गरेको उजुरी छ । सोही निवेदनका आधारमा उनलाई पक्राउ गरिएको हो । प्रतिलिपि अधिकार संरक्षण ऐन अनुसार मुद्दा अघि बढेको छ,’ उनले भने । प्रतिलिपि अधिकार ऐनअनुसार सुवास गिरी दोषी ठहर भए उनलाई १० हजारदेखि १ लाखसम्म जरिवाना र ६ महिनासम्म कैद सजाय वा दुवै सजाय हुन सक्नेछ।

तीन दशकअघि रेकर्ड भएको ‘सम्झना’ को सो गीतमा भुवन केसीले अभिनय गरेका थिए भने ‘कृ’मा राखिएको नयाँ भर्सनमा उनकै छोरा अनमोल केसीले अभिनय गरेका छन्। गिरीसँगै निर्माताको रुपमा भुवन केसी पनि फिल्ममा आबद्ध छन् तर चलचित्र विकास बोर्डमा गिरीको ब्यानरमात्र दर्ता रहेकाले प्रधानले गिरीलाई मात्र विपक्षी बनाइ उजुरी दिएका थिए। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार