नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच हानाहान, पानीको फोर्राले उडायो मान्छे ( भिडियो )

काठमाडौं -काठमाडौंको नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।सडक विस्तारको क्रममा पुराना सम्पदा र धेरै पुराना घर पनि भत्काइएको भन्दै विभिन्न काठमाडौं उपत्यकाका विभिन्न जातीय समुदायले बुधबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।

प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले अश्रुग्यास हानेको छ । झडपमा ५ जना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुकाे बानेश्वरकाे एभरेष्ट अस्पतालमा उपचार भैरहेकाे छ । अहिले माइतीघरदेखि नयाँ बानेश्वरसम्म गाडी चलेका छैनन् ।घटनास्थलबाट प्रहरीले ९ जना प्रदर्शनकारीलार्इ पक्राउ गरेकाे जनाएकाे छ । हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार